4 years ago
March 22, 2022
धनगढी (हाम्रा खेलकुद) – कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विधागीय नेपाल पुलिस क्लब, गण्डकी र बागमती प्रदेशले सुखद सुरुवात गरेका छन् ।

प्रतियोगिताअन्तर्गत मंगलबार भएका खेलमा विजयी हुँदै तीन वटै टोलीले सुखद सुरुवात गरेका हुन् । मंगलबार भएको पहिलो खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटले पराजित ग¥यो । पुलिसले २५–१८, २५–१० र २५–१८ को सेटले प्रदेश नम्बर १ लाई पराजित गरेको हो । खेलका म्यान अफ द म्याच नेपाल पुलिस क्लबका रविन चन्द भए।
मंगलबार भएको दोस्रो खेलमा गण्डकी प्रदेशले विभागिय टोली एपीएफलाई ३–१ को सेटले पराजित ग¥यो । गण्डकीले २५–२० र २५–१८ ले पहिलो र दोस्रो सेट जितेकोमा तेस्रो सेट १९–२५ ले गुमाएको थियो । तर २५–२३ ले चौथो सेट जित्दै गण्डकीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । गण्डकीका घनश्याम चौधरी खेलका म्याद अफ द म्याच भए ।
मंगलबार भएको तेस्रो तथा अन्तिम खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ३–१ को सेटले पराजित गरेको छ । बागमतीले पहिलो सेट २५–१६ ले जितेकोमा दोस्रो सेट भने २३–२५ ले गुमाएको थियो । त्यसपछिका दुई सेट २५–२१ र २५–१६ ले बागमती प्रदेशले जितेको हो । बागमती प्रदेशका नविन महतो खेलको म्यान अफ द म्याच भए । बागमतीसंग पराजित भएसंगै मधेश प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा १२ गतेसम्म हुने प्रतियोगितामा लुम्बिनीबाहेक ६ वटा प्रदेश र तीन वटा विभागीय गरी ९ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ४ लाख, उपविजेताले २ लाख, तेस्रो हुने टोलीले १ लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने छ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगदसहित पुरस्कृत गरिनेछ । प्रतियोगिताअन्तर्गत बुधबार तीन खेल हुनेछन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]