default_image

2 years ago

March 27, 2022

भलिबलका राष्ट्रिय खेलाडी सम्मानित

धनगढी (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले सुदूरपश्चिमका पुरुष राष्ट्रिय भलिबल टोलीका खेलाडीलाई सम्माजित गरेका छन् । कैलालीको धनगढीमा भएको शनिबार सम्पन्न भएको मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समापन दौरान सुदूरपश्चिमका पुर्व तथा वर्तमान ८ राष्ट्रिय खेलाडीलाई सम्मानपत्रले सम्मानित गरिएको हो । सम्मानित हुने खेलाडीमा नेपाली टोलीको १५ वर्षसम्म कप्तानी गरेका अछामका भरत […]

75 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले सुदूरपश्चिमका पुरुष राष्ट्रिय भलिबल टोलीका खेलाडीलाई सम्माजित गरेका छन् ।

कैलालीको धनगढीमा भएको शनिबार सम्पन्न भएको मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समापन दौरान सुदूरपश्चिमका पुर्व तथा वर्तमान ८ राष्ट्रिय खेलाडीलाई सम्मानपत्रले सम्मानित गरिएको हो ।

सम्मानित हुने खेलाडीमा नेपाली टोलीको १५ वर्षसम्म कप्तानी गरेका अछामका भरत शाहसहित राजेन्द्र बिष्ट, भैरव बहादुर बम, विशाल बहादुर विक, विनोद चन्द, टेकराज अवस्थी, रविन चन्द र दीपक राज जोशी रहेका छन् ।

धनगढी रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

सुदूरपश्चिम खेलकुद विकास परिषद्को आयोजनामा चैत ७ गतेदेखि सुरु भएको प्रतियोगितामा ६ प्रदेश र ३ विभाग गरि ९ टोलीको सहभागिता रहेको थियो ।

April 28, 2024

राजस्थानको लखनऊविरुद्ध सहज जित

एजेन्सी – जारी इंडियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी बढाएको छ । नवौं खेलमा आठौ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित दर्ता गरेको हो । लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो । […]

April 27, 2024

लिभरपुलको वेस्ट ह्यामविरुद्ध बराबरी

एजेन्सी – इंग्लिश प्रिमियर लिग उपाधि दावेदार मानिएको लिभरपुल लाई उपाधि आकांक्षामा अर्को धक्का लागेको छ । पछिल्लो समय खराब लयमा रहेको लिभरपुल आज भएको खेलमा वेस्ट ह्याम विरुद्ध २-२ को बराबरीमा रोकिएको हो । पछि परेको अवस्था उल्ट्याउँदै अग्रता लिएको लिभरपुल अन्तिममा भने बराबरीमा रोकियो । ४३औं मिनेटमा जेरड बावेनले मोहम्मद कुडुसको क्रसमा हेडर […]

April 27, 2024

राष्ट्रिय महिला भलिबलमा निरुता सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्ना सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् । एपिएफलाई अपराजित रहेर च्याम्पियन बनाउन निरुताले सबै खेलमा सानदार प्रदर्शन गरेकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै निरुताले ५० हजार रुपैयाँसँगै ट्रफी प्राप्त गरेकी छिन् । व्यक्तिगत विधामा पनि च्याम्पियन एपिएफकै खेलाडीको वर्चश्व […]

Success

Thank you for your time.