default_image

4 years ago

March 28, 2022

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसको तयारी पूरा

240 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजक ललितपुर टेबलटेनिस क्लबले जनाएको छ ।

फाइल तस्विर

सम्झना ल्याबको प्रमुख प्रायोजन तथा स्पिन इभेन्ट प्रालिको व्यवस्थापनमा हुन लागेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा नेपालबाट ३ सय ४७ तथा भारतबाट ३८ खेलाडीको सहभागिता रहने स्पिन इभेन्टका अध्यक्ष सुमन शाक्यले जानकारी गराए । पुरुष-महिला सिंगल्स र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिला ४० वर्षमाथि गरी ७ स्पर्धामा खेल हुने छ ।

सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानतर्फ विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार तथा तेश्रोलाई २ हजार ५ सय नगदबाट पुरस्कार गरिने छ ।

प्रतियोगिताको पहिलो दिन महिला टिम इभेन्टको फाइनल हुने छ । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा हुने प्रतियोगिताको हस्पिटालिटी पार्टनरमा नेपाली घर रहेको छ ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.