default_image

4 years ago

March 30, 2022

क्षमता अभिबृद्धि तालिम

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागद्वारा आयोजित क्षमता अभिबृद्धि तालिमको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बुधबार एक कार्यक्रमबीच उद्घाटन गरे ।

तालिममा विभिन्न खेलका ३७ प्रशिक्षकको सहभागिता रहेको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकले जनाएका छन् । भारतका दुई विज्ञले सहभागीलाई प्रशिक्षण दिने छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले सहभागीले तालिमबाट महत्वपूर्ण उपलब्धी प्राप्त गर्ने विश्वसा व्यक्त गर्दै सातै प्रदेशमा यस प्रकारको तालिम आयोजना गर्नु पर्नेमा जोड दिए ।

राखेप उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापाले तालिमबाट अधित्तम लाभ लिन सुझावदै आफूले सिकेका कुरा अरुलाई सिकाएर व्यवहारमा उतार्नु पर्ने बताए । तालिम चैत १५ गतेदेखि सुरु भएपनि औपचारिक उद्घाटन बुधबार गरिएको हो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी तालिम चैत २१ गते सम्पन्न हुने छ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.