4 years ago
March 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतको बैंक अफ बरोडाले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बिहीबार स्वर्ण जितेको छ ।

बरोडाले फाइनलमा भारतकै अंशुल गर्ग एकेडेमी (एजीए) ‘ए’ लाई ३–१ ले पराजित ग¥यो । यसअघि बरोडाले महिला टिम इभेन्टमा पनि स्वर्ण जितेको थियो । नेपाल प्रहरी क्लब र एजीए ‘बी’ ले तेश्रो स्थानमा चित्त बुझाए ।
प्रतियोगिताको तेश्रो दिनको समाप्तिमा ३ स्वर्णको टुंगो लाग्दा बरोडाले २ स्वर्ण हात पारेको छ । बाँकी १ स्वर्ण भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा एनिज पिङपोङ, नेपालका राजन सुब्बाले जितेका छन् ।
सम्झना ल्याबको प्रमुख प्रायोजनमा ललितपुर टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिला सिंगल्समा एजीएका फिल्जा फतिमा काद्री, भूमिका कौशिक, त्रिशा पौल र जिया जैन, बरोडाका इशा जोशी र सेन्होरा डिसुजा तथा गाजियाबाद, भारतका अभनी त्रिपाठी र तनिशा मोलानीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा एनिज पिङपोङका चन्दन शाही, लागाखल, नेपालका अमिताभ शाक्य, गोड स्पिन, नेपालका मुकेश महर्जन, कीर्तिपुरका जयराम महर्जन, गोड स्पिनका रविमुनि वज्राचार्य, खोल्छ, नेपालका नवीन शाक्य, ललितपुरका निशान्त प्रधान, एनिजका रक्तचन्द्र मानन्धर, राची यमला, भारतका मनीष कुमार, गोड स्पिनका संघरत्न डंगोल, लागाखलका राजीव महर्जन, ललितपुरका निकेन प्रधान, इन्डियन मास्टरका हरि गोस्वामी, एलटीटीसी, नेपालका किरण वज्राचार्य, गोड स्पिनका राकेशभक्त मुल्मी र एपीएम, नेपालका ठाकुर थापाले प्रिक्वाटरफाइनल यात्रा तय गरे ।
पुरुष सिंगल्समा आर्मीका दीप साउन, एपीएफका स्यान्टु श्रेष्ठ, प्रहरीका प्रदीप रोका, इन्डियन मास्टर्सका हीरा गोस्वामी, साविक विजेता एजीएका आदर्श ओम क्षेत्री, गाजियाबादका कनभ कौसिक, भर्चुएस, भारतका सोर्नेन्दु चौधरी, एपीएफका विलोश श्रेष्ठ, आर्मीका कृष्ण थापा मगर, बरोडाका नितिन, जेकेबी, भारतका सार्थ मिश्र, प्रहरीका विनेश खनियाँ, एपीएफका रुविन महर्जन, इन्डियन मास्टरका अक्सद भाटिया र एपीएफका संयोग कपाली प्रिक्वाटरफाइनलमा प्रवेश गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]