4 years ago
April 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही र गण्डकी प्रदेशका घनश्याम चौधरीले मनोरन्जन रमण शर्मा अवार्ड प्राप्त गरेका छन् ।

नेपाल भलिबल संघका अध्यक्षसमेत रहेका मनोरन्जन रमण शर्माले स्थापना गरेको अवार्डमा यसवर्ष पुरुषतर्फ घनश्याम र महिलातर्फ अरुणालाई प्रदान गरिएको हो । अवार्डसँगै अरुणा र घनश्यामले समान ४०–४० हजार रुपैया प्राप्त गरे । अरुणा र घनश्यामलाई अध्यक्ष शर्मा र राष्ट्रिय बाणिज्य बैंकका सिईओ किरण श्रेष्ठले उनीहरुलाई नगद प्रदान गरे ।
अरुणाको कप्तानीमा नेपालले गत पुसमा बंगलादेशमा भएको एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको थियो । उनी नेपाली भलिबललाई स्वर्ण दिलाउने पहिलो कप्तान हुन् ।
उनकै कप्तानीमा नेपालले सन् २०१९ मा बंगलादेशमा भएको पहिलो सेन्ट्रल जोन तथा सोही वर्ष नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजतपदक दिलाएकी थिइन् ।
गण्डकी प्रदेशकी अरुणाले पछिल्लो समय काठमाडौंको होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबबाट घरेलु भलिबल खेल्दै आएकी थिइन् । अरुणाले डायमन्डबाट पनि थुप्रै उपाधि जितिसकेकी छिन् । पछिल्लो समय उनले गण्डकी प्रदेशबाटै खेल्ने निर्णयक गरेकी छिन् । गत पुस र माघमा पोखरामा भएको दोस्रो संस्करणको टाइगर कपमा आयोजकको टोलीबाट खेलेकी थिइन् ।
यस्तै घनश्याम गण्डकी प्रदेशका नियमित सदस्य हुन् । संघले २०७७ मा राष्ट्रिय स्तरमा विभिन्न क्लब, जिल्ला, प्रदेश एवम् संघद्धारा आयोजना गरिएको राष्ट्रिय भलिबल प्रतियोगिताहरुमा सहभागी भई उच्च स्तरको प्रदर्शन गरेको आधारमा सम्मान गरिएको जनाएको छ ।
राष्ट्रिय टोलीमा स्थान बनाउन नसकेपनि उनले घरेलु भलिबलमा लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । गण्डकी प्रदेशले गत वर्ष पहिलो टाइगर कपको उपाधि जित्दा उनी टोलीका मुख्य सदस्य रहेका थिए ।
भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएपछि शर्माले १० लाखको अक्षय कोष स्थापना गरेका थिए । त्यस अक्षय कोषबाट आएको ब्याज रकमलाई शर्माले अवार्डको नाममा एक पुरुष र एक महिला खेलाडीलाई प्रदान गर्दै आईरहेका छन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]