3 years ago
April 3, 2022
पोखरा (हाम्रो खेलकुद) – नेपालका हिमाल टमाटा र जापानकी हिराकु फुकुओका पोखरामा जारी एशिया ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत भएको दुवाथलनको उपाधी जितेका छन् ।
टिभिएस अपाचेको प्रायोजन रहेको च्याम्पियनसिपको ५ किलोमिटर दौड, २० किलोमिटर साईक्लिङ र २.५ किलोमिटर दौडको दुरी हिमालले ४५ मिनेट ५४.२९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन् । यस्तै हिराकुले सो दुरी १ घन्टा १ मिनेट १०.६५ सेकेन्डमा पुरा गर्दै स्वर्ण कब्जा गरेकी हुन् ।
नेपाल ट्राईयाथलन संघको आयोजनामा च्याम्पियनसिपको पुरुषतर्फ मानबहादुर थापा मगर दोस्रो र बसन्त थारु तेस्रो भए । मानबहादुरले ५५ मिनेट १.०७ सेकेन्डमा र थारुले ५८ मिनेट २५.३१ सेकेन्डमा दुरी पार गरेका हुन् । यस्तै महिलातर्फ भारतकी स्नेहाल जोशीले १ घण्टा ६ मिनेट ५६.८४ सेकेन्ड र नेपालकी इन्द्रकला नेम्वाङले १ घन्टा ७ मिनेट ३३.९४ सेकेन्डमा दुरी पार गर्दै रजत र कास्य पाए ।
विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश साँसद एवं नेपाल ट्राईयाथलन संघका उपाध्यक्ष दीपक कोईराला, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज गुरुङ, संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, खेलकुद पत्रकार केशव पाठक लगायतले पुरस्कार वितरण गरेका थिए ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]
December 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]
December 8, 2024
एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध सहज जित हासिल गरेको छ । दोस्रो टेस्टको तेस्रो दिन आइतवार अस्ट्रेलियाले भारतलाई १० विकेटले सजिलै हरायो। जितसँगै ५ टेस्टको सिरिजमा १-१ को बराबरी भएको छ । दोस्रो इनिङमा १९ रनको सामान्य लक्ष्य घरेलु टोली अस्ट्रेलियाले ३.२ […]