default_image

12 months ago

December 8, 2024

हेडको शतक र बलर चम्कदा अस्ट्रेलियासँग भारतको हार

1054 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध सहज जित हासिल गरेको छ ।

दोस्रो टेस्टको तेस्रो दिन आइतवार अस्ट्रेलियाले भारतलाई १० विकेटले सजिलै हरायो। जितसँगै ५ टेस्टको सिरिजमा १-१ को बराबरी भएको छ ।

दोस्रो इनिङमा १९ रनको सामान्य लक्ष्य घरेलु टोली अस्ट्रेलियाले ३.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

५ विकेट गुमाएर १ सय २८ रन अवस्थाबाट भारतले तेस्रो दिनको खेल सुरु गरेको थियो । थप ४७ रन जोडेर भारत अल आउट भएको थियो ।

नितिशकुमार रेड्डीले सर्वाधिक ४२, रिषभ पन्त र शुभमन गिलले समान २८ ,ओपनर यशस्वी जैसवाल २४, लोकेश राहुल ७, विराट कोहली ११ र रोहित शर्मा ६ रनमा आउट भए ।

अष्ट्रेलियाका प्याट कमिन्सले १४ ओभरमा ५७ रन खर्चिएर ५ विकेट लिए । स्कट बोलाण्डले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए ।

त्यसअघि अष्ट्रेलिया पहिलो इनिङमा ३ सय ३७ रनमा अल आउट भएको थियो । ट्रविस हेडले १ सय ४१ बलमा १७ चौका र ४ छक्कासहित १ सय ४० रनको शतकीय इनिङ खेलेका थिए । उनको टेस्ट करिअरको यो आठौं शतक रहेको थियो । भारतका जस्प्रित बुमराह र मोहम्मद शिराजले समान ४ विकेट लिए ।

त्यसअघि भारत पहिलो इनिङमा १ सय ८० रनमा अल आउट भएको थियो । नितेश कुमार रेड्डीले सर्वाधिक ४२ रन बनाएका थिए । अष्ट्रेलियाका मिचेल स्टार्कले ६, प्याट कमिन्स र स्कट बोलान्डले समान २ विकेट लिए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.