4 years ago
April 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा बुद्ध जन्मभूमि लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ आयोजना हुने भएको छ ।

एनओसीले आइतबार आफ्नै बिल्डिङ सातदोबाटोको पत्रकार सम्मेलनको आयोजना गर्दै ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ आगमी बुधबार अर्थात २३ चैतमा हुने जानकारी गराएको हो ।
यसलाई लुम्बिनी प्रदेश सरकार र लुम्बिनी विकास कोषको सहयोग रहने एनओसीले जनाएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको प्रस्तावमा संयुक्त राष्ट्र संघले सन् २०१३ मा अप्रिल ६ को दिन ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ पारित गरेको थियो ।
यस दिनमा विश्वभर नै विविध कार्यक्रम हुदै आउदा नेपालमा पनि सन् २०१४ देखि यो कार्यक्रम मनाइदै आएको छ । कोभिड महामारीका कारण पछिल्लो दुई वर्ष यो कार्यक्रम आयोजना हुन नसकेको र यसवर्ष पनि त्यसको असर रहेकाले यो वर्ष वाकाथनसँगै दीप प्रज्वलन हुने एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी गराए ।
‘हामीले पिस म्याराथनसँगै छोटो दुरीका म्याराथन आयोजना गर्ने लक्ष्य लिएको थियौं । कोभिडका कारण यो वर्ष त्यो सम्भव हुन सकेन । अर्काे वर्षदेखि यसलाई निरन्तरता दिने लक्ष्यमा छौं । पिस म्याराथनलाई प्रतिष्ठित म्याराथन बनाउने लक्ष्यमा छौं ।’ कार्यक्रममा अध्यक्ष श्रेष्ठले भने, ‘यसपटक नेपाल लुम्विनी र बुद्धको जन्मस्थललाई वाकाथन र दीप प्रज्वलनबाट विश्वभर नै राम्रो सन्देश प्रवाह हुनेमा विश्वस्त छौं ।’
लुम्बिनीलाई नै यस कार्यक्रमका लागि रोज्नुमा पहिलो कारण लुम्बिनी शान्तिका प्रतीक गौत्तम बुद्धको जन्मस्थान र दोस्रो कारण लुम्बिनीलाई अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार गर्न सक्छौं भन्ने उद्देश्य रहेको एनआसीले जनाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले शान्तिदीपमा कार्यक्रमको उद्घाटन गर्नेछन् ।
त्यसपछि वाकथलन हुनेछ । त्यसपछि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कार्यक्रमको महत्वबारे प्रकाश पार्नेछ । यस्तै मुख्यमन्त्री केसी र लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री मानयीय वसिउद्दिन खानले आप्mनो मन्तब्य दिनु हुनेछ । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा भिक्षु मैत्तेयले विश्व शान्तिबारे प्रवचन दिने कार्यक्रम रहेको छ । अन्त्यमा दीप प्रज्वलन हुनेछ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]