default_image

3 years ago

April 4, 2022

नेपालको बलिङमा उत्कृष्ट सुरुवात

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा बलिङतर्फ सानदार सुरुवात गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनीले सुरुवाती ७ ओभरमा ३ विकेट गुमाउँदै ३६ रन बनाएको छ ।


पीएनजीका चाल्र्स अमिनी ११ र राइली हेकुरे ९ रनमा अविजित छन् । नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका थिए । करणले तेस्रो ओभरको पाँचौं बलमा ओपनर लेगा सियाकालाई मिड विकेटमा ८ रनमा क्याच गराए ।


पाँचौं ओभरमा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए । कप्तान असाद भालालाई तेस्रो बलमा ८ रनमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा ठूलो सट खेलेका टोनी उरा रोहित पौडेलले लङअनमा क्याच गराउँदै जितको सम्भावना बलियो बनाएका छन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८ बलमा ५ चौकासहित सर्वाधिक ५४ रनमा अविजित रहे । दीपेन्द्रले ३५ बलमा आफ्नो टि२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरेका थिए ।

करण केसीले १२ बलमा ५ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे । पीएनजीका सेमो कमियाले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए । चाद सोपर, काबुआ मोरेआ र राइली हेकुरेले १–१ विकेट लिए ।

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

December 12, 2024

युएईका अलराउन्डर हमिद चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]

December 10, 2024

रोहित र जाफरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]

Success

Thank you for your time.