default_image

4 years ago

April 4, 2022

चिरन र डायमन्ड फाइनलमा

405 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका चिरन राई र बाग्मती प्रदेशका डायमन्ड राई मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको फुल कन्ट्याक्टतर्फ पुरुष ५५ केजीमा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा चिरनले बाग्मतीका विमल वाइबा तथा डायमन्डले बाग्मतीकै जेम्स अवाललाई पराजित गरे । राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगिताको के– वान पुरुष ५५ केजीमा बाग्मतीका मनोज राना मगर फाइनलमा पुगे ।

सेमिफाइनलमा उनले गण्डकीका योमन मोक्तानलाई हराए । फाइनलमा योमनले बाग्मतीका तीर्थराज थापा र गण्डकीका अनुज कार्कीबीचको विजेतासंग प्रतिस्पर्धा गर्ने छन् । फुल कन्ट्याक्टको महिला ४५ केजीमा बाग्मतीकी दीक्षा कार्कीले सोही प्रदेशकी रेश्मा ब्लोनलाई पाखा लगाउदै बाग्मतीकै मिङमा डोल्मा लामासंग फाइनल भेट पक्का गरिन् ।

मिङमा वाइ पाउदै फाइनलमा पुगेकी हुन् । के– वान पुरुष ६५ केजीमा बाग्मतीका सविर श्रेष्ठ, लजोन कार्की र डिकेन श्रेष्ठ तथा गण्डकीका सचिन लामा सेमिफाइनलमा पुग्न सफल भए । प्रतियोगिताको पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले एक कार्यक्रमबीच उद्घाटन गरे ।

फुल कन्ट्याक्ट (के वान) को पुरुषमा ९ र महिलामा ५, स्कोरिङ फाइटको पुरुष÷महिलामा समान ६ तथा लाइट कन्ट्याक्टको पुरुष÷महिलामा समान ७ गरी जम्मा ४० स्पर्धामा भिडन्त भइरहेको । प्रतियोगिता मंगलबार सम्पन्न हुने छ ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.