default_image

4 years ago

April 4, 2022

सन्दीप र चिरञ्जीवी फाइनलमा

215 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कञ्चनपुरका सन्दीप नाथ र बाजुराका चिरञ्जीवि खड्का गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेका छन् ।

सोमबार कैलालीको धनगढीमा भएको पुरुष ५२ केजी तौल समूहको प्रतिस्पर्धामा सन्दीपले अछामका ईश्वर बुढालाई पराजित गरे । यसैगरी चिरञ्जीविले कैलालीका सुनील रानालाई हराउँदै सन्दीपसँगको भिडन्त पक्का गरे ।

पुरुषकै ५७ केजीमा अछामका रञ्जन भट्ट र कञ्चनपुरका रामबहादुर थापाले उपाधि भिडन्त पक्का गरे । रञ्जनले बाजुराका निर्मल सुवेदी र रामबहादुरले कैलालीका पाण्डव बडुलाई पराजित गर्दै फाइनलमा स्थान बनाए । पुरुषकै ६३ केजी तौल समूहमा बाजुराका नेत्रकुमार तिरुवाले अछामका जगदिश विक र कञ्चनपुरका महेन्द्रकुमार चन्दले कैलालीका कैलाश बोगटीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

पुरुषको ६९ केजीमा कैलालीका भरत चन्दले तपेन्द्र विकलाई पराजित गर्दै फाइनलमा स्थान बनाए । यस्तै ७५ केजीमा तौल समूहमा अछामका भूपेन्द्र बिसी र कैलालीका बालाजी रावल फाइनलमा पुगे । भूपेन्द्रले कञ्चनपुरका मिलन लोहार र बालाजीले बाजुराका प्रकाश विकलाई पाखा लगाए ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको प्रतियोगिताको महिला ५१ केजी तौल समूहमा कञ्चनपुरकी सोनिया सेट्टी र कैलालीकी ज्योति चौधरीले उपाधि भिडन्त पकका गरे । सोनियाले अछामकी रमिला सिंह र ज्योतिले बाजुराकी सुमित्रा रावललाई पराजित गरिन् । महिलाकै ५७ केजी तौल समूहमा कञ्चनपुरकी प्रतिमा शाहीले बाजुराकी प्रमिला विष्ट र कैलालीकी सञ्जिता चौधरीले अछामकी हरिना कार्कीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

यसैगरी धनगढीमै भएको लुम्बिनी प्रदेशको छनोटअन्तर्गत पुरुष ५२ केजीमा दाङका सुरज ओलीले सेमिफाइनलमा स्थान बनाए । उनले प्यूठानका लक्ष्मण बुढामगरलाई पराजित गरे । पुरुषकै ५७ केजीमा दाङका भरत पुनमगर र रोल्पाका निशम घर्तीमगरले सेमिफाइनलमा स्थान बनाए ।

भरतले पूर्वी रुकुमका तिलवीर पुनमगर र निशमले प्यूठानका कुशल विकलाई पराजित गरे । पुरुष ६९ केजीमा दाङका विकास रानामगरले रुपन्देहीका सागर शाहीलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाए ।

तीन दिने प्रतियोगिताको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेको सुदूरपश्चिम प्रदेशका प्रतियोगिता संयोजक दिनेश सिंहले जानकारी दिए । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.