4 years ago
April 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र प्रहरीकै विनेश खनियाँ केबी साम ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा श्यान्टुले नेपाल आर्मीका दीप साउनलाई १३–११, ११–९, ११–३ र ११–१ को सोझो सेटमा पराजित गरे । विनेशले एपीएफका सन्योग कपालीलाई ११–८, ७–११, १२–१०, ११–८, ९–११ र १२–१० को सेटमा हराए ।
केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रालिको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा आर्मीकी स्वेच्छा नेम्वाङले आर्मीकै रविना महर्जनलाई ४–० तथा एपीएफकी सिक्का सुवालले प्रहरीकी सोनु थापा मगरलाई ४–२ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।
भेट्रान पुरुष सिंगल्सको ४० वर्षमाथि काठमाडौंका उमेश मानन्धरले राजेन्द्रमान श्रेष्ठलाई ३–१, ५० वर्षमाथि ललितपुरका राजेन्द्र वज्राचार्यले ललितपुरकै किरण ब्याञ्जनकारलाई ३–० र ६० वर्षमाथि र जगदीश्वरलाल जोशीले आनन्द धाख्वालाई ३–१ ले फाइनलमा पन्छ्याउदै स्वर्ण जिते ।
यु–१६ गल्र्स सिंगल्स फाइनलमा आदर्श विद्या मन्दिर (एभीए) की वियन्का राईले एभीएमकै इभाना थापा मगरमाथि ३–० को जित दर्ता गर्दै शीर्ष स्थान हात पारिन् । प्रतियोगिताअन्तर्गत पुरुष÷महिला सिंगल्स फाइनल शनिबार हुने आयोजकले जनाएको छ । शुक्रबार कुनै खेल हुने छैन ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]