4 years ago
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्याण्डको फुकेटमा संचालन भई रहेको थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपाली महिला बक्सिङ खेलाडी पुनम रावलले महिला ६० केजी तौल समूहमा काँस्य पदक जित्न सफल भएकी छन् ।

वाई पाएर सोझै सेमिफाइनल खेलेकी पुनमले फिलिपिन्सकी रिजा पासइटसँग ३–२ को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा हार ब्यहोरीन् । फाइनलमा रिजाले भारतका खेलाडीलाई पराजित गरी स्वर्ण जितिन् ।
त्यस्तै अघिल्लो दिन भएको खेलमा नेपालकी मिनु गुरुङ ५१ केजी तौल समुहमा थाइल्याण्डका मुक्केवाज जुटामास जितपोङसँग ४–१ को स्पिलत डिसिजनमा हार व्यहोरी पदकबाट बन्चित भइन् ।
यसअघि नेपालका एक मात्र पुरुख खेलाडी ६३ केजीमा भुपेन्द्र थापा मियतनामसँग, महिला ५७ केजीमा इटालीका २०२० ओलम्पीक पदक विजेतासँग नेपालकी चन्द्रकला थापा र ४८ केजी तौल समूहमा सुस्मा तामाङ ईटालीकै खेलाडी सँग ३–२ को स्पिलत डिसिजनमा हारेकी थिइन् ।
सन् २०१० मा दिपक महर्जनले जितेको काँस्य पछि नेपालले थाइल्याण्ड ओपन बक्सिङ प्रतियोगीतामा पदक जित्न सफल भएको हो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]