default_image

4 years ago

April 9, 2022

बेंगलोरको सहज जित, मुम्बईको लगातार चौथो हार

246 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्समाथि ७ विकेटको सहज जित हात पारेको छ । बेंगलोर तेस्रो जितका साथ तेस्रो स्थानमा उक्लिदा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले भने सुरुवाती चारै खेलमा लगातार हारका साथ खराब सुरुवात गरेको छ ।

१ सय ५२ रनको लक्ष्य बेंगलोरले १८.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितका युवा बायाँ हाते ओपनर अनुज रावतले ४७ बलमा २ चौका र ६ छक्कासहित ६६ रनको अर्धशतकीय इनिङ खेले । डेब्यू प्रतियोगिता खेलेका उनको पहिलो अर्धशतक हो । अनुज रन आउट भएका थिए ।

विराट कोहली ३६ बलमा ५ चौकासहित ४८ रनमा आउट भए । कोहलीलाई डेवाल्ड ब्रेभिसले एलबीडब्लू आउट गरे । कप्तान फाफ डु प्लेसिस २४ बलमा १ चौकासहित १६ रनमा आउट भए । दीनेश कार्तिक ७ र ग्लेन म्याक्सवेल ८ रनमा आउट भए ।

सिजनको पहिलो खेल खेलेका म्याक्सवेलले ब्रेभिसलाई लगातार दुई चौका प्रहार गर्दै जित पक्का गराए । मुम्बईका जयदेव उनादकट र डेवाल्ड ब्रेभिसले १-१ विकेट लिए ।

त्यसअघि महाराष्ट क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर पहिल ब्याटिङकोे निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । मुम्बईका मध्यक्रमका ब्याटर सूर्य कुमार यादवले ३७ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ६८ रनको अविजित इनिङ खेले ।

सूर्य बाहेक अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । दुबै ओपनर ईशान किशन र रोहित शर्मा २६–२६ रनमा आउट भए । ईशानले २८ बलमा ३ चौका प्रहार गरे । रोहितले १५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै आउट भए । डेवाल्ड ब्रेभिस ८, काइरन पोलार्ड र तिलक बर्मा दुबै शून्यमा आउट भए ।

बेंगलोरका हर्षल पटेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । आकाश दीपले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर १ विकेट लिन सफल भए ।

मुम्बई पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ४ विकेट, दोस्रो खेलमा राजस्थान रोयल्ससँग २३ रन र कोलकाता नाइट राइडर्ससँग ५ विकेटले पराजित भएको थियो । अव मुम्बईलाई बाँकी खेल जित्नु पर्ने दबाब हुन्छ । प्लेअफमा पुग्न १० मध्य ७ खेल जित्नै पर्ने समिकरण देखिन्छ । मुम्बई अंक तालिकामा नवौं स्थानमा छ । अव बुधबार पन्जाब किंग्सँग खेल्नेछ ।

बेंगलोर पहिलो खेलमा पन्जाब किंग्ससँग ५ विकेटको हार बेहोरेको थियो । कोलकातालाई ३ विकेट र राजस्थानलाई ४ विकेटले हराएको थियो । बेंगलोरले अव मंगलबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ । चेन्नई सुरुवाती चारै खेलमा पराजित भएको छ ।

अंक तालिका

कोलकाता नाइट राइडर्स ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ नेटरनरेटको कारण शीर्षस्थानमा छ । गुजरात ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । बेंगलोर ४ खेलमा ३ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । लखनऊ ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ चौथो स्थानमा छ । समान ६ अंक भएपनि शीर्ष चार नेटरनरेटको आधारमा निर्धारण भएको छ ।

राजस्थान रोयल्स ३ खेलमा २ मा जित र १ मा हार सहित पाँचौं स्थानमा छ । पन्जाब ४ खेलमा २ मा जित र २ मा हार सहित छैटौं स्थानमा छ । दिल्ली ३ खेलमा १ मा जित र २ मा हार सहित सातौं स्थानमा छ । हैदराबाद ३ खेलमा १ मा जित र २ मा हार सहित आठौं स्थानमा छन् । समान ४ खेल जित विहीन मुम्बई नवौं र चेन्नई पुछारमा छन् ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.