4 years ago
April 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो वर्ष जस्तै वर्ष २०७८ पनि कोभिड १९ को महामारीबाट अछुतो रहेन । यसले अन्य क्षेत्रजस्तै खेलकुदलाई पनि नराम्ररी थिलथिलो बनायो । केही खेलहरु बन्द रंगशाला या कभर्डहलमै भए । कोरोनाका कारण वैशाख १६ गतेबाट पुनः लकडाउन भयो। यो बीचमा दशरथ रंगशालामा पहिलो संस्करणको एनएसएल सफल रुपमा आयोजना भयो । अवस्था सामान्य बन्दै गएपछि घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भयो ।
वर्षको अन्त्यतिर भने प्रतियोगिताको बाढी नै आयो । यसमा नेपालको राष्ट्रिय खेल भलिबल अछुतो रहने कुरै भएन । नेपालको महिला र पुरुष भलिबल टोलीले एकमात्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेपनि घरेलु भलिबलमा राष्ट्रिय स्तर कयौं प्रतियोगिता भए । विभिन्न मेला तथा महोत्सवमा अन्य खेलभन्दा भलिबलले नै बढी महत्व पाए ।
यस्तैमा नेपाल भलिबल संघ (एनभिए) ले महिला राष्ट्रिय टोलीले फिलिपिन्समा आयोजना हुने २१औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप खेल्ने पक्का भएको र त्यसका लागि १ असारबाट प्रशिक्षण थालेको थियो । अघिल्लो वर्षको अन्त्यतिर वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनको आधारमा ३० खेलाडीलाई प्रारम्भिक सुचीमा राखेर प्रशिक्षण थालेको थियो ।
करिब एक महिनाको प्रशिक्षणपछि कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरिएन्टका कारण नेपाल २१औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित भएको संघले जानकारी गरायो । त्यसपछि महिला टोलीको प्रशिक्षण तत्कालका लागि स्थगित हुन पुग्दा नेपाल अन्तर्राष्ट्रिय सहभागिताबाट वञ्चित रह्यो । अन्तमा कोभिडकै कारण प्रतियोगिता नै स्थगित हुन पुग्यो ।
यसैबीचमा नेपाललेको महिला र पुरुष टोलीले बंगलादेशमा एसियन सेन्ट्रल जोन च्यालेन्ज कप खेल्ने पक्का भएको संघले जानकारी गराएपछि नेपाली टोलीको प्रशिक्षण पुनः शुरु भयो । महिला टोलीको मुख्य प्रशिक्षकमा जगदिश प्रसाद भट्ट र सहायक प्रशिक्षकमा भरत यादवले निरन्तरता पाए । पुरुष टोलीको प्रशिक्षक डच हान एबिङ फिवको सहयोगमा नेपाल आएर सेन्ट्रल जोनका लागि मंसिर पहिलो साताबाट २० सदस्यीय टोलीको प्रशिक्षण सुरु गरेका थिए ।
महिला भलिबल टोलीको लगातार च्याम्पियन बन्ने खाका प्रशिक्षक भट्टले नै कोरे । उनले सेन्ट्रल जोनको लागि तीन खेलाडीलाई पहिलोपटक टोलीमा समावेश गर्दा दुई खेलाडीले राष्ट्रिय टोलीमा पूनरागमन गराए । पहिलो संस्करणको च्याम्पियन नेपाललाई यसपटक उज्वेकिस्तान र श्रीलंकाको आगमनले उपाधि रक्षा गर्ने चुनौती थपिएको थियो । त्यो चुनौतीलाई पार गर्दै नेपाल लगातार अपराजित रहेर दोस्रो संस्करणको च्याम्पियन बन्न सफल भयो । तर यसपटकको उपाधि यात्रा पहिलो संस्करणको जस्तो सहज भने भएन ।

पहिलो संस्करणमा एक सेट पनि नगुमाई च्याम्पियन बनेको नेपाललाई यसपटक उज्वेकिस्तान र श्रीलंकाले कडा चुनौती पेश ग¥यो । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५– १० को प्रतिस्पर्धात्मक सेटमा जित निकाल्न सफल भयो ।
यसपटक नेपालले च्याम्पियनसिपमा कुल ६ खेलमा २२ सेट खेल्दा १८ सेटमा जित र ४ सेटमा हार बेहोर्यो। नेपालले श्रीलंका र उज्वेकिस्तानसँग समान २ सेट गुमाएको थियो । च्याम्पियनसिपमा कृपा अधिकारी, मनिषा चौधरीले पूनरागमन गर्दा खेल्दा शान्ति थारु, कामना विष्ट र लक्ष्मी चन्दले राष्ट्रिय टोलीमा डेब्यु गरे । कप्तान अरुणा शाही नेपाललाई सेन्ट्रल जोनमा लगातार स्वर्ण दिलाउने पहिलो कप्तान बनिन् ।
एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला तथा पुरुष भलिबल च्याम्पियनसिप, बंगलादेश – (२०२१ डिसेम्वर २३–२८) (स्पर्णपदक)
नेपालले फिलिपिन्समा भदौमा आयोजना हुने भनिएको एसियन भलिबल च्याम्पियनसिपको लागि असार पहिलो सातादेखि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा राख्दै प्रशिक्षण थालेको थियो । झन्डै एक महिनाको प्रशिक्षणपछि नेपालले १८ सदस्यीय टोली छनोट गर्दै प्रशिक्षणलाई जारी राख्यो । तर, कोरोना महामारीको रेड जोनको कारण देखाउँदै नेपालले सहभागिताको अवसर पाएन ।
पछि च्याम्पियनसिप नै स्थगित हुन पुगेको थियो । त्यसपछि नेपाली टोलीको प्रशिक्षण पनि स्थगित भएको थियो । त्यसपछि बंगलादेशले महिला र पुरुषकै च्याम्पियनसिप आयोजना गर्ने भएपछि नेपालले बन्द प्रशिक्षणमा १७ (रियाँ कुँवर) चोटका कारण बाहिर र पुलिसका तीन खेलाडीलाई थप्दै २० सदस्यीय टोलीबाट प्रशिक्षण सुरु गर्यो ।
१२ सदस्यीय अन्तिम टोलीमा सेटर कृपा अधिकारी र मनिषा चौधरीले पूनरागमन गर्दा शान्ति थारु, कामना विष्ट र लक्ष्मी चन्दले पहिलो पटक टोलीमा स्थान बनाउन सफल भए । सन् २०१९ मा च्याम्पियन बन्दाको ६ खेलाडी टोलीमा नरहेपनि नेपालले उपाधि रक्षा गर्न सफल भयो । यसपटक नेपालको उपाधियात्रा त्यति सहज भएन । श्रीलंका र उज्वेकिस्तानले आगमनले प्रतिस्पर्धा चुलिएको थियो । नेपालले लिग चरणमा श्रीलंका र फाइनलमा उज्वेकिस्तानसँग समान २–२ सेट गुमाएको थियो ।
राउन्ड रोविन
– पहिलो खेल (८ पुस २०७८) मा श्रीलंकामाथि १९–२५, २१–२५, २५–१५, २५–१९ र १५–१३ को जित । ृ२ खेलाडी शान्ति थारु पहिलो रोजाईमा तथा कामना विष्ट दोस्रो सेटमा डेब्यु । कृपा अधिकारी र मनिष चौधरीको पूनरागमन
– दोस्रो खेल (९ पुस २०७८) मा माल्दिभ्समाथि २५–११, २५–९ र २५–५ को सहज जित । लक्ष्मी चन्दको डेब्यु
– तेस्रो खेल (१० पुस २०७८) मा बंगलादेशमाथि २५–५, २५–१५ र २५–१७ को एकपक्षीय जित ।
– चौथो खेल (११ पुस २०७८) मा उज्वेकिस्तानमाथि २५–२०, २५–२३ र २५–१४ को जित
– पाँचौ खेल १२ पुस २०७८) मा किर्गिस्तानमाथि २५–८, २५–१४ र २५–१६ को सहज जित ।
फाइनल
(१३ पुस २०७८ मा) उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–१० को जितसहित च्याम्पियन ।
नेपाली टोली – अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, सुनिता खड्का, सलिना श्रेष्ठ, साफिया पुन, कृपा अधिकारी, मनिषा चौधरी, उषा भण्डारी, शान्ति थारु, कामना विष्ट, लक्ष्मी चन्द, जगदिश भट्ट (मुख्य प्रशिक्षक), भरत यादव (प्रशिक्षक) र ज्योति केसी (व्यवस्थापक)
पुरुष टोली फेरि पदकविहिन
तयारी र खेलाडीको प्रदर्शनको हिसावले यसपटक पुरुष टोलीले कुनै न कुनै पदक ल्याउने आँकलन गरिएपनि त्यसो हुन सकेन । एकै ठाँउबाट महिला टोली च्याम्पियन बन्दा पुरुष टोली भने पदकविहिन बन्दै फर्कनुप¥यो । तेस्रो स्थानको प्रतिस्पर्धामा उज्वेकिस्तानसँग ३–० ले पराजित हुँदै नेपाल पदकविहिन भएको थियो ।

राउन्ड रोविन लिगमा उज्जेकिस्तानलाई ३–१ को सेटमा हराएपनि नेपालले पदकको छिनोफानो हुने खेलमा सोझो सेटमा नतिजा सुम्पियो । राउन्ड रोविनमा श्रीलंका र बंगलादेशसँग पराजित नेपालले उज्वेकिस्तान र माल्दिभ्सलाई हराउँदै कास्य पदकका लागि प्रतिस्पर्धा गरेको थियो । यसपटक टोलीमा मानबहादुर श्रेष्ठ र भैरव बलले पूनरागमन गरे ।
पाँच वर्षअघि माल्दिभ्समा भएको सोही प्रतियोगितामा भने नेपाल कास्य पदक जितेको थियो । त्यो नेपाली पुरुष भलिबल टोलीले जितेको पहिलो पदक थियो । ४ दशक भन्दा लामो नेपालको अन्तर्राष्ट्रिय यात्रामा त्यो एक मात्र पदक हो ।
पुरुष टोली
इम बहादुर राना, हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरि बहादुर अधिकारी, दुर्गा बहादुर खड्का, भैरव बम, विशाल विक, सरन सामरी क्षेत्री, विनोद चन्द
स्वागतमै बेवास्ता
नेपाल भलिबल संघले महिला टोली च्याम्पियन बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने योजना सामाजिक सन्जालमै राख्यो । एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियन महिला टोलीको भव्य स्वागत भइरहँदा सोही च्याम्पियनसिपमा पदकविहीन भएर फर्किएका पुरुष टोलीका खेलाडी शिर निहुराएर हिड्नुपर्ने अवस्था संघकै पदाधिकारीबाट प्रत्यक्ष देखियो ।
भनिन्छ, जित्नेको इतिहास लेखिन्छ । त्यसअर्थ स्वभाविक थियो महिला टोलीले न्यानो र भव्य स्वागतको हकदार थियो । त्यहि अनुसार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, पूर्व खेलकुद मन्त्री दलजित श्रीपाइली, भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायत भलिबलकर्मीले महिला टोलीलाई स्वागत गरे । तर, सँगै फर्केको पुरुष टोलीका खेलाडी भने त्यति बेलासम्म आ–आफ्नो बाटो लागिसकेका थिए । उनीहरुको कसैको नजरमै परेनन् ।
पदक विहिन टोलीलाई सामान्य खादा माला पनि लगाइदिने कोहि भएन । जुनसुकै खेलमा राष्ट्रिय टोली औपचारिक प्रतियोगिता खेलेर फर्कंदा स्वागत गर्ने गरिन्छ । चाहे बिर्सनलायक प्रदर्शन नै किन नहोस् । एउटै प्रतियोगितामा भाग लिन दुवै टोली सँगै बंगलादेश गएका थिए । त्यति बेला दुवै टोलीलाई सँगै विदाई गरिएको थियो । अघिल्लो दिन संघले विदाई कार्यक्रम नै राखेको थियो । तर, फर्कदा महिला टोली च्याम्पियन बनेर फर्कियो भने पुरुष टोली पदकविहिन । व्यवहार पनि त्यहि अनुसार गरियो । राष्ट्रलाई प्रतिनिधित्व गरेर फर्केका खेलाडीलाई सामान्य शिष्टाचार पनि देखिएन ।
चन्द सेन्ट्रल एसियाको कोषाध्यक्ष नियुक्त
नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द चार वर्षका लागि सेन्ट्रल एसिया भलिबल संघ (काभा) को कोषाध्यक्ष नियुक्त हुनु पनि नेपाली भलिबलको लागि सकरात्मक पक्ष हो । चन्दले आफ्नो मनोनयनलाईव्यक्तिगत नभएर समग्र नेपाल भलिबल क्षेत्रले आफ्नो योगदानको कदर भएको बताएर सामूहिक भावना प्रदर्शित गरे ।
सिन्जी यानागिताको निधन
नेपालमा आधुनिक भलिबल शुरुआत गराएका जापानी सुन्जी यानागिता सानलाई नेपालले यसै वर्ष गुमाएको छ । उनले वि.स २०२८ मा नेपाल आएर आधुनिक भलिबल, तालिम, प्रबिधि र आधुनिक भलिबल खेलको नियम तथा खेल्ने तरिकाबारे प्रशिक्षण दिएका थिए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]