default_image

2 years ago

April 15, 2022

ब्लु बर्ड र र गोल्डेनगेट प्याट्रिएट्स कपको फाइनलमा

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ब्लु बर्ड कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेज प्याट्रिएट्स कप अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

ब्लु बर्डले एपेक्स कलेजमाथि १ सय १९ रनको भारी अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । २ सय ८ रनको विशाल लक्ष्य पछ्याएको एपेक्स १७ ओभर ३ बलमा ८८ रनमा अल आउट भयो ।

एपेक्सका मनिष खातीले २३, जनक सुनारले १८ तथा सरोज चन्दले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । सुवास खत्री, दुर्गेस क्षेत्री, निर्भिक पाठक र तिलक राज भण्डारीले समान २ विकेट लिए ।

त्यसअघि मुलपानी त्रिकेट मैदानमा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको ब्लु बर्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रनको विशाल योगफल खडा गरेको थियो । दीपक डुम्रेले ४० बलमा ७४ रनको आक्रमक इनिङ्स खेले । सचिन लेखकले ५४ तथा दुर्गेश क्षेत्रीले ५० रनको अर्धशतकीय इनिङ्स खेले । रोनिम तिवारी १० रनमा अविजित रहे । चिराग मैनाली, मनिष खाती र कमल भुसालले समान एक विकेट लिए । ब्लु बर्डका लिलु डुम्रे प्लेयर अफ दि म्याच घोषित भए ।

अर्काे खेलमा गोलडेनगेट कलेजले हिमालयन ह्वाइटहाउस कलेजलाई ६ विकेटले पराजित गर्दै फाइनलमा ब्लु बर्डसँगको भेट पक्का ग¥यो । १ सय ३ रनको विजयी लक्ष्य गोल्डेनगेटले १४ ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो ।

गोल्डेनगेटका तृत राज दासले अविजित ६१ रनको योगदान दिइन् । आशुतोष गिरैयाले १६ रन जोडे । हिमालयन ह्वाइटहाउसका आदर्श झाले २ तथा नितेश यादव र अश्विन थापाले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हिमालयन ह्वाइटहाउसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २ रनको मध्यम योगफल तयार पारेको थियो । सतिश यादवले २१, आदर्श झाले १७, निश्चय थापले १६ तथा रुपेश यादवले १३ रन जोडे ।

गोल्डेनगेटका सुर्य तामाङले आफ्नो स्पेलको ४ ओभरमा ६ रन खर्चिएर ३ विकेट लिए । रवि शाहले पनि ३ विकेट लिदा सचिन शर्मा र रिजन ढकालले समान १ विकेट हात पारे ।

फाइनल शनिबार मुलपानी क्रिकेट मैदानमा बिहान १० बजेपछि शुरु हुनेछ ।

May 16, 2024

कोशीको अन्तिम खेलमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर मेयर्स कप २०८१ को आफ्नो अन्तिम खेलमा कोशी प्रदेशले सान्त्वना जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा कोशीले आयोजक ललितपुर मेयर्स-११ लागि ६ विकेटले पराजित गरेको हो । ललितपुरले दिएको ८९ रनको लक्ष्य कोशीले १८औं ओभरको अन्तिम बलमा ४ विकेट गुमाएर भेटायो । कोशिका लागि ओपनर काजल […]

May 11, 2024

गिल र सुदर्शनको शतकसहित गुजरातको जित

एजेन्सी – ओपनरद्वय शुभमन गिल र साई सुदर्शनको शतकीय इनिङको मद्दतमा गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नाई सुपर किंग्सलाई‌ सहजै हराएको छ। गुजरातले चेन्नाई माथि ३५ रनको सहज जित दर्ता गर्यो । अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले दुई खेलाडीको शतकको मद्दतमा ३ विकेटको क्षतिमा २ सय ३१ रन जोड्यो । […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

Success

Thank you for your time.