4 years ago
April 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चीनमा हुने १९औं एसियाली खेलकुदमा नेपालले भाग लिने सम्भाब्य खेलका राष्ट्रिय संघका प्रतिनिधि र मुख्य प्रशिक्षकसंग शुक्रबार छलफल गरेको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको बैठकमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पदक हासिल गर्ने लक्ष्यसहित तयारी अगाडि बढाउन निर्देशन दिदै पूर्व तयारीको समय कम भएपनि बाँकी रहेको समयलाई सक्दो सदुपयो गरी प्रशिक्षणलाई व्यवस्थापन गर्नु पर्नेमा जोड दिए ।
राखेपले गठन गरेको हाइ पर्फमेन्स कमिटीका सचिव समेत रहेका तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक हिमालराज दाहालका अनुसार छलफलमा सहभागी अधिकांश संघका प्रतिनिधिले एसियाली खेलकुदका लागि खेलाडी कोटा कम भएको जानकारी गराएका थिए ।
दाहालले जनाए अनुसार एसियाली खेलकुदका लागि बैशाख तेश्रो सातासम्म खेलाडीको प्रारम्भिक छनोट गरिसक्ने सहमति पनि भएको छ । साथै गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुदको खेलस्थल, खेलाडी कोटालगायतका विषयमा पनि बैठकमा छलफल भएको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]