4 years ago
April 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लोगो, मस्कट, गीत रचना र नारा बनाउने सार्वजनिक सूचना जारी गरेको छ ।

राखेपले आइतबार खुल्ला प्रतिस्पर्धाबाट लोगो, मस्कट, गीत रचना र नारा छनोट गर्न सूचना जारी गरेको हो । राखेपले यहिँ वैशाख ११ गतेभित्र लोगो, मस्कट, गीत रचना र नारा पेश गर्ने समयसिमा तोकेको छ । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखी २८ गतेसम्म हुने तय भइसकेको छ ।
लोगोमा गण्डकी प्रदेशको समग्र प्रतिबिम्ब झल्कने, नवौं राष्ट्रिय खेलकुद झल्कने खेलकुद समेटिएको र शक्तिको प्रतिक भएको हुनुपर्ने बताईएको छ । मस्कटमा गण्डकी प्रदेशको प्रख्यात जनावर तथा गीत रचनाका लागि बढीमा चार मिनेट हुनुपर्ने, राष्ट्रिय भावनाले ओतप्रोत भएको, खेल, खेलाडीको भावना समेटिएको हुनु पर्नेछ । प्राप्त लोगो, मस्कट, गीत र नारा कसैसँग बाँझिएमा वा कपिराइट लागेमा रद्ध गरिनेछ ।
छनोट भएका लोगोको डिजाइनरले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै मस्कटको विजेता २५ हजार, गीत रचनाको विजेताले २० हजार र नाराको विजेताले १० हजार प्रदान गरिने राखेपले जनाएको छ ।

December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]