default_image

4 years ago

April 22, 2022

१३औं सागका स्वर्णधारी भुपेन्द्र फाइनलमा

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबका भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

बसन्तपुर डबलीमा शुक्रबार भएको पुरुष ६३ केजी तौल समूहको फाइनलमा एपीएफका सोनम सार्कीलाई पराजित गर्दै भूपेन्द्रले फाइनलमा स्थान बनाएका हुन् । उनी १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडी हुन् । यही तौल समूहमा त्रिभुवन आर्मी क्लबका पुरन सुनारले लुम्बिनी प्रदेशका अनिल पुन मगरलाई हराउँदै भूपेन्द्रसँगको उपाधि भिडन्त पक्का गरे ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरी र एपीएफका प्रदीप महर्जनले फाइनलमा स्थान बनाए । प्रेमले पुलिसका चन्द्रबहादुर थापा र प्रदीपले मधेस प्रदेशका मदनकृष्ण डंगोलले पाखा लगाए । पुरुषकै ५७ केजीमा आर्मीका इन्द्र सुनारले पुलिसका शम्भु राजवंशी र एपीएफका पुरन राईले गण्डकी प्रदेशका सौगात कुमाललाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

पुरुषकै ६९ केजी तौल समूहमा पुलिसका सनिल शाही र आर्मीका दनबहादुर दर्लामीले उपाधि भिडन्त पक्का गरे । १३औं सागका स्वर्ण विजेता सनिलले सुदूरपश्चिम प्रदेशका भरत चन्द र दनबहादुरले बागमती प्रदेशका शिरिस खनाललाई पराजित गरे । पुरुषको ७५ केजीमा आर्मीका दीपेश लामाले मधेस प्रदेशका कोशिश श्रेष्ठ र प्रदेश १ का सनम गुरुङले कर्णाली प्रदेशका दिल राज भण्डारीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

८१ केजी तौल समूहमा आर्मीका दीपक श्रेष्ठ र सुदूरपश्चिमका श्यामबहादुर महताले उपाधि भिडन्त पक्का गरे । दीपकले प्रदेश १ का प्रसाङ लिम्बू र श्यामले बागमती प्रदेशका रोशन स्याङ्तानलाई पराजित गरे । पुरषकै ९१ केजी तौल समूहमा एपीएफका रविन नेपाल र आर्मीका गणेश प्रधानले उपाधि भिडन्त पक्का गरे । रविनले गण्डकी प्रदेशका किरण विक र गणेशले प्रदेश १ का प्रसिश रुचाललाई स्तब्ध बनाए ।

महिलाको ५१ केजी तौल समूहमा पुलिसकी दिवाना शेर्मा र आर्मीकी मीनु गुरुङले उपाधि भिडन्त पक्का गरे । दिवानाले एपीएफकी सञ्जुमाया थिङ र मीनुले लुम्बिनी प्रदेशकी माया खत्रीलाई पराजित गरे । महिलाकै ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी नङ्जा बुढामगर र पुलिसकी निशा तामाङले प्रदेश १ की सुस्मिता राईलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरे ।

महिलाकै ६० केजीमा आर्मीकी संगीता दंगाल र एपीएफकी संगीता सुनारले फाइनलमा स्थान बनाए । दंगालले बागमती प्रदेशकी शशीकला राई र सुनारले प्रदेश १ की नारिका राई पराजित गरे । महिला ६९ केजी तौल समूहमा एपीएफकी विनिता थापा मगरले लुम्बिनी प्रदेशकी जुनमाया थारु र आर्मीकी पुनम रावलले मधेशस प्रदेशकी अपराजिता गोतानीलाई हराउँदै फाइनलमा स्थान बनाए ।

महिलाकै ७५ केजी तौल समूहमा एपीएफकी सरस्वती राना र आर्मीकी निरु गुरुङ फाइनलमा पुगे । सरस्वतीले मधेस प्रदेशकी पूजा गुप्ता र निरुले प्रदेश १ की त्रिशा लिम्बूलाई पराजित गरे ।

प्रतियोगितामा पुरुषतर्फ ७ र महिलामा ५ गरी १२ स्पर्धा समावेश छन् । सातै प्रदेश र तीन विभागीय टोली आर्मी, प्रहरी र एपीएफ गरी १० टिमका १ सय २ खेलाडीकोे सहभागिता रहेको छ । प्रत्येक स्पर्धाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेश्रो हुने २ खेलाडीले समान ७ हजार ५ सय नगद पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने छ ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.