4 years ago
April 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको टिम च्याम्पियन बनेको छ ।

बसन्तपुर डबलीमा शनिबार भएको अन्तिम दिन ८ स्वर्ण र ४ रजतपदक जित्दै टिम च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले २ स्वर्ण, ४ रजत ३ कास्य जित्न सफल भए । समान २ स्वर्ण, रजत र कास्य जितेको पुलिस तेस्रो भयो । प्रदेश १ र प्रदेश ७ ले समान एक रजत जिते ।
आर्मीले फ्लाइवेट ५२ केजी पुरुष, फ्लाइवेट ५१ केजी महिला, फिदरवेट ५७ केजी पुरुष, फिदरवेट ५७ केजी महिला, वेल्टरवेट ६९ केजी महिला, मिडलवेट ७५ केजी पुरुष, लाइट हेभीवेट ८१ केजी पुरुष र हेभीवेट ९१ केजी पुरुषमा स्वर्ण जित्न सफल भएको हो । लाइटवेट ६३ केजी पुरुषमा रजत, लाइटवेट ६० केजी महिलामा रजत र वेल्टरवेट ६९ केजी पुरुषमा रजतपदक जित्न सफल भए ।
शनिबार पुरुष ६३ केजी तौल समूहमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भुपेन्द्र थापाले त्रिभुवन आर्मी क्लबका पुरन सुनारलाई तेस्रो बाउटमा टेक्निकल नकआउट गरे ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरीले एपीएफका प्रदीप महर्जनलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण जिते । यो विधामा पुरुषमा चन्द्र बहादुर थापा र प्रदेश २ का मदन कृष्ण डंगोल तेस्रो भए ।
पुरुषकै ५७ केजीमा आर्मीका इन्द्र सुनारले १३औं सागका पदकधारी एपीएफका पुरन राईलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण हात पारे । यो विधामा पुलिसका शम्भु राजवंशी र गण्डकी प्रदेशका सौगात कुमालले कास्य जिते । पुरुषकै ६९ केजी तौल समूहमा सागका स्वर्णधारी पुलिसका सनिल शाहीले आर्मीका दनबहादुर दर्लामीलाई पराजत गर्दै स्वर्ण हात पारे । सुदूरपश्चिमका भरत चन्द र बागमती शिरिस खनालले कास्य पाए ।
पुरुषको ७५ केजीमा आर्मीका दिपेश लामाले प्रदेश १ का सनम गुरुङलाई पहिलो बाउटमै नकआउट गर्दै स्वर्णमा कब्जा जमाए र मधेसका कोशिश श्रेष्ठ र कर्णालीका दिल राज भण्डारीले कास्य पाए ।
८१ केजी तौल समूहमा आर्मीका दीपक श्रेष्ठले सुदूरपश्चिमका श्यामबहादुर महतालाई एवानडनका आधारमा पराजित गरे स्वर्ण जित्न सफल भए । प्रदेश १ का प्रसाङ लिम्बु र बागमतीका रोशन स्याङ्तानले कास्य हात पारे । पुरुषकै ९१ केजी तौल समूहमा आर्मीका गणेश प्रधानले एपीएफका रविन नेपाललाई हराएर स्वर्ण जित्न सफल भए । गण्डकीका किरण विक र प्रदेश १ का प्रसिश रुचालले कास्य पाए ।
महिलाको ५१ केजी तौल समूहमा आर्मीकी मीनु गुरुङले पुलिसकी दिवाना शेर्मालाई हराएर स्वर्ण जित्न सफल भइन् । एपीएफकी सञ्जुमाया थिङ र लुम्बिनीकी माया खत्री केसीले कास्य जितिन् ।
महिलाकै ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले पुलिसकी निशा तामाङलाई हराएर स्वर्ण हात पारिन् । एपीएफकी नङ्जा बुढामगर र प्रदेश १ की सुस्मिता राईले कास्य जितिन् ।
महिलाकै ६० केजीमा आर्मीकी संगीता दंगाललाई हराएर एपीएफकी संगीता सुनारले स्वर्ण जितिन् । बागमतीकी शशीकला राई र प्रदेश १ की नारिका राईले कास्य जितिन् । महिला ६९ केजी तौल समूहमा आर्मीकी पुनम रावलले एपीएफकी विनिता थापा मगरलाई हराउँदै स्वर्ण जितिन् । लुम्बिनीकी जुनमाया थारु र मधेशकी अपराजिता गोतानीले कास्य पाइन् ।
महिलाकै ७५ केजी तौल समूहमा एपीएफकी सरस्वती रानाले आर्मीकी निरु गुरुङलाई हराउँदै स्पर्ण जित्न सफल भइन् । मधेसकी पूजा गुप्ता र प्रदेश १ की त्रिशा लिम्बूले कास्य हात पारिन् । प्रत्येक स्पर्धाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेश्रो हुने २ खेलाडीले समान ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
विजयी टोलीलाई नेपाली कांग्रेसकी नेतृ सृजना सिंह लगायतले पुरस्कृत गरे । गत मंगलबारदेखि शुरु भएको प्रतियोगितामा पुरुषतर्फ ७ र महिलामा ५ गरी १२ स्पर्धा समावेश गरिएको थियो । प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली आर्मी, प्रहरी र एपीएफ गरी १० टिमका १ सय २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]