4 years ago
April 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले अर्काे सातादेखि काठमाडौंमा आयोजना हुने छैटौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगसँगै पोखरामा अर्काे महिना आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको लागि पुरुषतर्फको टोली घोषणा गरेको छ ।

पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले १२ खेलाडी र ३ अफिसियलसहितको १५ सदस्यीय टोली घोषणा गरेको हो । गण्डकीको कप्तानी हरि प्रसाद पाण्डेले गर्नेछन् ।
कप्तान हरिसँगै, सुजन चोखाल, राजन दर्लामी मगर, सन्तोष थापामगर, घनश्याम चौधरी, किरण गुरौ, हिमाल सुनारी, प्रेम कुमाल, जीवन सुनार, रवि केसी, विवश आलेमगर र याम क्षेत्री रहेका छन् । किरण झन्डै एक वर्षपछि गण्डकीको टोलीमा फर्किएका हुन् ।
उनी गत वर्ष नै गण्डकीबाट विभागीय टोली एपिएफमा पुगेका थिए । यसपटक भारतीय सेनामा कार्यरत याम क्षेत्रीले पुन गण्डकीकै प्रतिनिधित्व गर्नेछन् । विवश आलेले पहिलोपटक गण्डकीको टोलीमा स्थान बनाएका छन् । मुख्य प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा युवराज भण्डारी र व्यवस्थापकमा जीवन भण्डारी रहेका छन् ।

संघले विज्ञप्ति जारी गर्दै यही एनभिए टोलीका उल्लेखित अधिकांश खेलाडीहरु नै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सहभागी हुने भएकाले एनभिए लिग पश्चात बन्द प्रशिक्षण थालिने संघका अध्यक्ष छ्याम बहादुर थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एनभिए लिग १८ देखि २४ बैशाखसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुदैछ । प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब ,हेल्प नेपाल क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस क्लब, ढोरपाटन स्पोर्टस क्लब गरि कुल ७ टोलीको सहभागीता रहनेछ ।
महिलातर्फ होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबको सहभागीता रहनेछ । पुरुषतर्फको ७ टोली र महिलातर्फको ५ टोली क्लब च्याम्पियनसिपबाट छनोट भएको हो ।
विजेताले ६ लाख, उप विजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट विधातर्फ सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५ हजार पाउनेछन् । उत्कष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो, प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्नेछन् ।
गण्डकी प्रदेश भलिबल टोली
हरि प्रसाद पाण्डे (कप्तान), सुजन चोखाल, राजन दर्लामी मगर, सन्तोष थापा मगर, घनश्याम चौधरी, किरण गुरौं, हिमाल सुनारी, प्रेम कुमाल, जीवन सुनार, रवि केसी, विवश आले मगर र याम क्षेत्री, रमेश केसी (मुख्य प्रशिक्षक), युवराज भण्डारी (प्रशिक्षक र जीवन भण्डारी (टिम व्यवस्थापक)

December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]