4 years ago
April 25, 2022
काठमाडौंं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई सोमबार आर्थिक सहयोग प्रदान गरेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका कोषका सदस्यसचिव दीपक श्रेष्ठलाई सदस्यसचिव घिसिङले २ लाख ९ हजार १ सय १४ रुपैयाँ बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् ।
करिब ४ महिना बराबरको आफूले पाउने सुविधावापतको रकम सदस्यसचिव घिसिङले कोर्षलाई प्रदान गरेका हुन् । नेपाल सरकारले घिसिङलाई गत मंसिर १३ गते राखेपको सदस्यसचिवमा नियुक्त गरेको थियो ।
घिसिङको नियुक्तिका साथै राखेपका तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवालले आफ्नो बर्खास्ती विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि सर्वोच्चको अल्पकालीन अन्तरिम अनुसार करिब ४ महिना सदस्यसचिव घिसिङ राखेपमा अनुपस्थित थिए ।

सर्वोच्चले गत चैत २२ गते सिलवालको रिट खारेज गरेपछि सदस्यसचिव घिसिङ पुनः राखेपमा फर्केका थिए । त्यही अनुपस्थित भएको अवधिको सुविधा वापतको रकम सदस्यसचिव घिसिङले कोषलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव घिसिङले ‘काम गर्न नपाएको अवधिको सुविधा लिन त्यत्ति सहज नलागेको र खेलाडीकै हितलाई सम्झेर थोरै भएपनि कोष सहयोग होस् भनेर उपलब्ध गराएको बताए ।
उनले कोषलाई बलियो बनाउन कार्य योजना बनाएको र कोषलाई ठूलो बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने थपे । अध्यक्ष श्रेष्ठले सहयोगले सकारत्मक सन्देश प्रवाह गर्ने बताउदै यसले अरुलाई पनि कोषमा सहयोग गर्न आकर्षित गर्ने धारणा व्यक्त गरे ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]