4 years ago
April 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघको आयोजनामा २४औं खुल्ला तथा उमेर समुह पौडी प्रतियोगिता अर्काे साता आयोजना हुने भएको छ ।

संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १९औं विश्व पौडी प्रतियोगिता जुन २०२२, बुढापेष्ट, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा र १९औं एशियाली खेलकुद प्रतियोगिता २०२२ चीनलाई मध्यनजर गरी प्रतियोगिता २२ र २३ वैशाखमा आयोजना गर्न लागिएको बताए ।
प्रतियोगिता अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटो ललितपुरमा हुनेछ । प्रतियोगितामा २३ विधा समावेश गरिएको छ । करिव ६ लाख रुपैयाको लागतमा हुने प्रतियोगितामा कुल १ सय ५० पुरुष तथा महिला खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिताबाट ५ भन्दा बढी राष्ट्रिय कीर्तिमानको अपेक्षा गरिएको छ ।
संघका महासचिव जगतमान श्रेष्ठले प्रतियोगिता १९औं विश्व पौडी प्रतियोगिताको अन्तिम तथा १९औं एशियाली खेलकुद (एसियाड) को लागि प्रथम चरणको छनोट रहेको बताए ।
संघका अध्यक्ष अशोक बज्राचार्यले एसियाडका लागि दुई ओलम्पियनसहित १८ खेलाडीको नामावली पठाइसकेको र एसियाडका लागि नवौं राष्ट्रिय खेलकुद अनिवार्य खेल्नुपर्ने बताए । एसियाडका लागि सम्भावित इभेन्ट्समा फिनाको अंकको आधारमा खेलाडी छनोट हुने बताए ।
संघले कोभिड १९ महामारीको कारण बिगत २ बर्षदेखि नेपालमा पौडी प्रतियोगिताहरु हुन नसकिरहेको अवस्थामा पौडीलाई चलायमान बनाउन यो प्रतियोगिताको सुरुवात गरिएको बताए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]