4 years ago
April 28, 2022
पोखरा (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले नवौं राष्ट्रिय खेलकुद सफलताको लागि मन्त्रालय सहयोग गर्न तयार रहेको जनाएका छन् ।

गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको तयारी बारे राष्ट्रिय खेलकुद परिषद (राखेप) द्वारा पोखरामा आयोजित पत्रकार भेटघाट तथा अन्तक्रिया कार्यक्रममा मन्त्री गहतराजले उक्त कुरा बताएका हुन् ।
उनले भने–“अब प्रतियोगिताका लागि ३७ दिन बाँकी छ । यहाँहरुले आफ्नो तयारी सुरु गर्नुहोस् । सरकार यहाँहरुको साथमा छ ।” मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा आयोजना हुने कुरामा जोड दिए ।
उनले भने–“हामी संग समय छोटो छ । खेलाडी छनौटदेखि प्रतियोगिताको तयारी सुरु गर्नुछ । खेलाडी छनोट प्रकृया भोलीबाटै प्रक्रिया सुरु गर्नुस् । सरकार आर्थिक, नैतिक र प्राविधिकरुपमा सहयोग गर्न तयार छ ।” पोखराको सुस्ताएको पर्यटनलाई समेत नवौं राष्ट्रिय खेलकुदले माथी उठाउन सहयोग पुग्ने बताउँदै मन्त्री गहतराजले कोभिड पछि हुन लागेको नवौं राष्ट्रिय खेलकुदले पोखरा सुरक्षित छ भन्ने सन्देश समेत प्रवाह हुने बताए ।
गण्डकी प्रदेशमा ३९ वर्ष पछि हुन लागेको राष्ट्रिय खेलकुद आफ्नो ऐतिहासिक बर्चस्व बनाउन सफल हुने भन्दै उनले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न यहाँको व्यवस्थापन सफल हुने र अन्य प्रदेशले समेत यहाँबाट सिक्ने अवसर प्राप्त गर्ने उल्लेख गरे ।
मन्त्री गहतराजले एक अर्को प्रसङ्गमा यूवा तथा खेलकुद मन्त्रालयले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना गर्नेतर्फ अघि बढेको बताउँदै विदेशबाट अध्ययन गरेर नेपाल फर्किएका जनशक्तीलाई सम्वोधन गर्नेतर्फ समेत मन्त्रालयले सोच बनाएको बताए । सो अवसरमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदको मिति घोषणा भए संगै देशै भरी यसले तिव्रता पाएको बताए ।
नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल सहित केही खेलहरु प्रदर्शनी खेलका रुपमा रहने उल्लेख गर्दै उनले भने ‘यो महोत्सव हो । खेलकुद र खेलकर्मीका लागि अरु कुरा सहायक हुन् । हाम्रो सम्पूर्ण ध्यान नवौं राष्ट्रिय खेलकुदलाई सफल बनाउनेतर्फ नै हुनेछ ।” पोखरेलीहरुलाई आफ्नो घर आङ्गनमा आयोजना हुने खेलकुदलाई सफल बनाउन र यसमा अपनत्व ग्रहण गर्न समेत आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद मोहन रेग्मीले नवौं राष्ट्रिय खेलकुदको तयारी छोटो र व्यवस्थापनमा चुनौती रहे पनि सकरात्मक सोंचका साथ खेलकुदलाई सफल बनाउन सबैको दायित्व रहेको जनाए । उनले नवौं राष्ट्रिय खेलकुदको मिति घोषणा भए संगै सबै उत्साहित भएको जनाउँदै प्रदेशका ११ वटै जिल्लामा कम्तिमा एक–एक खेल भएमा प्रतियोगिताले थप उचाई प्राप्त गर्ने बताए ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेगमीले पोखराले पाएको यो अवसर महत्वपूर्ण हुने बताए । आयोजक प्रदेशको नाताले प्रतियोगिता सफल बनाउने दायित्व प्रदेश सरकारको समेत रहेको बताए । गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेजबहादुर गुरुङले भने कर्मचारी समायोजनको आवश्यकता रहेको बताए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]