default_image

4 years ago

April 30, 2022

आरबिबी एनभिए राष्ट्रिय क्लब लिग भलिबलको तयारी पूरा

289 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छैटौ संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग–२०७८ को तयारी पुरा भएको छ । आयोजक नेपाल भलिबल संघले आइतबारदेखि शुरु हुने क्लब लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

क्लब लिग वैशाख १८ देखि २४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ । क्लब लिगमा पुरुषतर्फ ७ र महिलामा ५ टोलीको सहभागिता रहेको छ । टोलीहरु गत असोजमा भएको क्लब च्याम्पियनसिपबाट छनोट भएका हुन् ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, गल्कोट स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र ढोरपाटन स्पोर्टस क्लब गरि कुल ७ टोलीको सहभागीता रहेको छ । महिलातर्फ होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लब गरी ५ टोली रहेका छन् ।

संघले शनिबारै क्लब लिगको खेल तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार पहिलो दिन आइतबार पुरुषतर्फको तीन खेल र उद्घाटन समारोह हुनेछ । दोस्रोदेखि पाँचौ दिनसम्म महिलातर्फ दुई र पुरुषतर्फको तीन खेल गरी ५ खेल हुनेछ । छैटौ र सातौ दिन महिलातर्फको एक र पुरुषतर्फको ३ गरी चार खेल हुनेछ ।

पहिलो दिन पुरुषतर्फ गण्डकी र ढोरपाटन, पुलिस र गल्कोट तथा आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो दिन महिलातर्फ आर्मी र एभरेस्ट, एपिएफ र पुलिस तथा पुरुषतर्फ हेल्प नेपाल र ढोरपाटन, आर्मी र गण्डकीसँगै एपिएफ र गल्कोटबीच प्रतिस्पर्धा हुुनेछ । तेस्रो दिन महिलातर्फ न्यु डायमन्ड र एभरेस्ट, एपिएफ र आर्मी तथा पुरुषमा आर्मी र गल्कोट, हेल्प नेपाल र गण्डकीसँगै पुलिस र ढोरपाटनबीच प्रतिस्पर्धा हुनेछ ।

चौथो दिन महिलामा पुलिस र एभरेस्ट, न्यु डायमन्ड र आर्मी, पुरुषमा पुलिस र गण्डकी, हेल्प नेपाल र एपिएफ तथा आर्मी र ढोरपाटनले खेल्नेछन् । पाँचौ दिन महिलामा एपिएफ र एभरेस्ट, न्यु डायमन्ड र पुलिस, पुरुषमा गल्कोट र ढोरपाटन, हेल्प नेपाल र पुलिस तथा एपिएफ र गण्डकीले खेल्नेछन् ।

छैटौं दिन महिलामा न्यु डायमन्ड र एपिएफ तथा पुरुषमा हेल्प नेपाल र गल्कोट, आर्मी र पुलिस तथा एपिएफ र ढोरपाटनबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम दिन महिलामा आर्मी र एपिएफ तथा पुरुषमा गल्कोट र गण्डकी, पुलिस र एपिएफ तथा आर्मी र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविन लिगपछि शीर्षस्थान हासिल गर्ने टोली क्लब लिग भलिबलको च्याम्पियन बन्नेछ ।

क्लब लिगको महिला तथा पुरुष विजेताले समान ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार प्राप्त गर्नेछन् । विधागततर्फ सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५ हजार पाउनेछन् । उत्कृष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो, प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्नेछन् ।

उपत्यका बाहिरबाट लिगमा छनोट भएका क्लवहरुलाई प्रोत्साहन एवं यातयात खर्च स्वरुप ७० हजार संघले प्रदान गर्नेछ । प्रतियोगिता अनुमानित खर्च ५५ लाख लाग्ने संघले जनाएको छ । मुख्य प्रायोजक बनेको राष्ट्रिय वाणिज्य बैंकले १८ लाख रुपैयाँ प्रायोजन गरेको छ । इन्स्योरेन्स पार्टनरको रुपमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड जोडिएको छ ।

जनरल इन्स्योरेन्सले एनभिए क्लब लिगमा सहभागी १२ टोलीका सबै १ सय ४४ खेलाडी र ३६ प्रशिक्षक र व्यवस्थापक गरी १ सय ८० जनाको जनही ५ लाख रुपैयाका दरले कुल ९ करोड रुपैयाको बिमा गरेको छ । बिमा क्लब लिग भरीको लागि मान्य हुनेछ ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.