4 years ago
May 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागिय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा सफलता हात पारेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा महिलातर्फ पुलिसले बुटवलको एभरेष्ट भलिबल क्लबलाई २५–१८, २५–१९ र २५–१४ ले तथा पुरुषकतर्फ गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० ले पराजित गर्दै सफलता प्राप्त गरेको हो ।
यस्तै आजै भएको महिलातर्फको अर्को खेलमा सेनाले होङ्गान्जी न्यू डायमण्ड क्लबलाई २५–१६, २५–१२ र २५–१२ ले पराजित गरेको छ ।
नेपाल पुलिसको यो जितसँगै दुई खेलबाट ६ अंक पुगेको छ । सेनाको तीन खेलबाट ६ अंक नै रहेको छ । यस्तै नेपाल एपिएफको ३, एभरेष्टको २ र न्यू डायमण्डको १ अंक रहेको छ । न्यू डायमण्डकी स्टार खेलाडी प्रतिभा माली घुडामा चोट बोकेका कारण यस प्रतियोगितामा अनुपस्थित छिन् ।
राष्ट्रिय बाणिज्य बैंकको प्रायोजनमा भएको प्रतियोगिताको पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले एपिएफ माथि ३–१ को जित निकालेको छ ।
टिपटपले एपिएफलाई २५–२२, २५–१९ र २८–३० र २५–२३ ले पराजित ग¥यो । पुलिसले यो जित संगै ९ अंक बनाएको छ । यस्तै हेल्प नेपालको ८ अंक, सेनाको ९ अंक, एपिएफको ३ अंक, गण्डकीको ४ र गल्कोटले अंकको खाता खोल्न सकेको छैन ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]