4 years ago
May 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्सको मालेमा हुने दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबल टेनिस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान वज्राचार्यको नेतृत्वमा माल्दिभ्स जान लागेको टिममा आठ खेलाडी रहेका छन् । खेलाडीमा संयोग कपाली, रुबिन महर्जन, सुजन गडाल, इभाना थापा मगर, बियन्का राई, शुभश्री श्रेष्ठ, प्रिन्स थापा र उज्वल मानन्धर रहेका छन् ।
म्याच कमिसनारमा तेजेन्द्र महारा र प्रशिक्षकमा मोहनदास बासुकला रहेका छन् । यस्तै टिम पदाधिकारी प्रतेश श्रेष्ठ छन् । प्रतियोगिता बैशाख २६ देखि २८ गतेसम्म हुनेछ ।
प्रतियोगिताका क्रममा हुने दक्षिण एसियाली टेबल टेनिस संघको बैठकमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दाज बैद्य र दक्षिण एसियाली टेबलटेनिस संघका महासचिव शंकर गौत्तमले भाग लिने छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबीच बिहीबार विदाइ गरे । त्यसअघि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बिहीबारै आयोजित एक छुट्टै कार्यक्रममा टोलीलाई सातदोबाटोमा बिदाइ गरेका थिए ।
उक्त कार्यक्रममा प्रतियोगितामा सहभागी हुने नेपाली टोलीका लागि लिनिङ नेपालका प्रमुख कार्यकारी अधिकृत राजेन महर्जनले पोसाक तथा खेल सामग्री प्रदान गरेका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]