default_image

2 years ago

May 5, 2022

नासिरको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नासिर याहया हुसैनले २४औं राष्ट्रिय खुला तथा उमेर समूह प्रतियोगिताको पुरुष २ सय मिटर फ्रिस्टायलमा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । सातदोबाटोस्थित पौडी पोखरीमा नासिरले निर्धारित दूरी २ मिनेट ००.९२ सेकेन्डमा पूरा गर्दै शिरिश गुरुङको नाममा रहेको २ मिनेट ०५.७१ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् । नासिरले हितमा उक्त टाइमिङ […]

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नासिर याहया हुसैनले २४औं राष्ट्रिय खुला तथा उमेर समूह प्रतियोगिताको पुरुष २ सय मिटर फ्रिस्टायलमा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा नासिरले निर्धारित दूरी २ मिनेट ००.९२ सेकेन्डमा पूरा गर्दै शिरिश गुरुङको नाममा रहेको २ मिनेट ०५.७१ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् । नासिरले हितमा उक्त टाइमिङ निकालेका हुन् । फाइनलमा भने नासिरको टाइमिङ २ मिनेट ०१.६० सेकेन्ड रह्यो ।

२ मिनेट १० मिनेट ४६ सेकेन्डसहित रायन गुरुङ दोस्रो भए । संकर्ष रघुवंशीले २ मिनेट ११ मिनेटको समय निकाल्दै तेस्रो भए । इर्भिन श्रेष्ठ, प्रारम्भ भण्डारी, जेविस पौडेल, गौरव लामा र सनिल कुमार थापा क्रमश चौथो देखि आठौं भए ।

१ सय मिनेट बटरफ्लाईमा नासिरले १ मिनेट १.९१ सेकेन्डमा दुरी पुरा गर्दै पहिलो भए । १ मिनेट २.२८ सेकेन्डसहित अनुभव सुब्बा दोस्रो भए । यजु महर्जन तेस्रो र आरोन भण्डारी चौथो भए ।

पुरुष १ सय मिटर ब्याक स्ट्रोमा प्रारम्भ भण्डारीले १ मिनेट १३.३६ सेकेन्डसहित पहिलो भए । रेभन्त बहादुर श्रेष्ठले १ मिनेट १५.४९ सेकेन्डसहित दोस्रो भए । युभन लाल श्रेष्ठ, सुनिल कुमार थापा, अथर्व सिंह र पावेल शाह क्रमश तेस्रो देखि पाँचौ भए ।

पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा दिपांकेर अवालेले १ मिनेट १४.३७ सेकेन्डसहित पहिलो भए । विकास कुमाल, सेरेन सिंह, अथर्व सिंह र यजु महर्जन दोस्रो देखि पाँचौ भए । ५० मिटर ब्याक स्ट्रोकमा अथर्व सिंह पहिलो भए । उनले निर्धारित दुरी ३९.११ सेकेन्डमा पुरा गरे । आरोन भण्डारीले ४०.०४ सेकेन्डसहित दोस्रो भए । अभिभ प्रधान तेस्रो, निनभ थापा चौथो, सुवहाङ बोहोरा पाँचौ, अलाज रन्जित छैटौं तथा कल्किन श्रेष्ठ सातौ भए ।

५० मिटर फ्रिस्टाइलमा संकर्ष रघुवंशीले २६.०९ सेकेन्डमा दुरी पुरा गर्दै पहिलो भए । अल्भिन महर्जन दोस्रो, रायन गुरुङ तेस्रो, अनुभव सुब्बा चौथो, इर्भिन श्रेष्ठ पाँचौ, गौरव लामा छैटौं, निर्भव थापा सातौं तथा सेरेन सिंह आठौं भए ।

५० मिटर ब्याकस्ट्रोकमा अथर्व सिहंले ४२.३० सेकेन्डमा दुरी पार गर्दै पहिलो भए । आरोन भण्डारी दोस्रो, अजय सोरेन तेस्रो, अभिभ प्रधान चौथो, आलाज रन्जित पाँचौ, निर्नभ थापा छैटौं, सुयान्स खड्का सातौं र कल्किन श्रेष्ठ आठौं भए ।

५० मिटर बटरफ्लाईमा अजल काजी ताम्रकार पहिलो भए । उनले निर्धारित दुरी २९.४२ सेकेन्डमा पुरा गरे । अल्भिन महर्जन दोस्रो तथा युभन लाल श्रेष्ठ तेस्रो भए । यस्तै प्रारम्भ भण्डारी, सनिल कुमार थापा, रेभान्त बहादुर श्रेष्ठ, म्रिनलदीप जोशी र अभयन्तर विक्रम राई चौथोदेखि आठौं भए ।

महिला १ सय मिटर ब्रेस्टस्ट्रोकमा डुवाना लामा पहिलो भइन् । उनले निर्धारित दुरी १ मिनेट २०.१९ सेकेन्डमा पुरा गरिन् । उपास्थी महर्जन दोस्रो, रोयल प्रजापति तेस्रो र सायरा बजगाई चौथो भइन् ।

महिला ५० मिटर फ्रिस्टाइलमा रोशा न्यौपनो पहिलो भइन् । उनले निर्धारित दुरी ३०.४७ सेकेन्डमा पुरा गरिन् । अनुसिया तन्डुकार, युस्का महर्जन, आर्य महर्जन, रोयल प्रजापति, सायरा बजगाई, टिसा महर्जन र वैनभी श्रेष्ठ दोस्रो देखि आठौं भइन् ।

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

April 6, 2024

खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका पूर्व कप्तान हरि खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर र प्राविधिक सल्लाहकार (टेकनिकल एडभाईजर) नियुक्त भएका छन् । एन्फाका वर्तमान टेक्निकल डाइरेक्टर तथा नेपाली महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक समेत रहेका खड्का हाल टिप-टो स्पोर्ट्स एकेडेमीसँग जोडिएका हुन् ।  नेपाली फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतद्वारा संचालित […]

April 6, 2024

एन्फा महासचिव राई विरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईमाथि एन्फामा भ्रष्टाचार र अनियमितताको‌ आरोप लागेको‌ छ । एन्फाको जिल्ला फुटबल संघ गोरखाका सदस्य अमित खत्रीले महासचिव राई विभिन्न शीर्षकमा अनियमितता संलग्न भएको आरोपसहित शुक्रबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा छानविनको माग गर्दै उजुरी दर्ता गरेका छन् । खत्रीले एन्फामा र भ्रष्टाचार र वेथिति […]

Success

Thank you for your time.