4 years ago
May 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नासिर याहया हुसैनले २४औं राष्ट्रिय खुला तथा उमेर समूह प्रतियोगितामा अर्काे कीर्तिमान बनाएका छन् ।

पहिलो दिन पुरुष २ सय मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका नासिरले शुक्रबार २ सय मिटर मिड्लेमा साय हम्जा शाहको नाममा रहेको कीर्तिमानलाई भंग गरेका हुन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा नासिरले निर्धारित दुरी २ मिनेट १६.२४ सेकेन्डमा पुरा गरे । यसअघि साय हम्जा शाहले २०१९ मा सिंगापुर राष्ट्रिय च्याम्पियनसिपमा २ मिनेट २३.६९ सेकेन्डको कीर्तिमान राखेका थिए । संकर्ष रघुवंशी दोस्रो र बिकास कुमाल तेस्रो भए ।
२ सय मिटर मिड्ले महिलामा डुवाना लामा पहिलो भइन् । उनले निर्धारित दुरी २ मिनेट ३८.७४ सेकेन्डमा पुरा गरिन् । सायरा बजगाई दोस्रो तथा सस्तिका भण्डारी तेस्रो भइन् ।
पुरुष ५० मिटर बटरफ्लाइमा आरोन भण्डारी पहिलो, एभिभ प्रधान दोस्रो तथा अथर्व सिंह तेस्रो भए । पुरुष १ सय मिटर फ्रिस्टाइलमा अथर्व सिंह पहिलो, आरोन भण्डारी दोस्रो तथा एभिभ प्रधान तेस्रो भए । पुरुष १ सय मिटर ब्याकस्ट्रोकमा प्रराम्त भण्डारी पहिलो, जादेन श्रेष्ठ दोस्रो तथा रेभान्त श्रेष्ठ तेस्रो भए ।
पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा आयुष लामा पहिलो, लिसन महर्जन दोस्रो तथा असिम भण्डारी तेस्रो भए । ५० मिटर फ्रिस्टाइलमा गौरव लामा पहिलो, लिसन महर्जन दोस्रो तथा असिम भण्डारी तेस्रो भए ।
१ सय मिटर ब्रेस्टस्ट्रोकमा अथर्व सिंह पहिलो आरोन भण्डारी दोस्रो, अजय सोरेन तेस्रो तथा एलाज रन्जित चौथो भए । ५० मिटर फ्रिस्टाइलमा अथर्व सिंह पहिलो, एभिभ प्रधान दोस्रो र आरोन भण्डारी तेस्रो भए ।
५० मिटर ब्रेस्टस्ट्रोकमा विकास कुमाल पहिलो, दिपांकर अवाले दोस्रो तथा सेरेन सिंह तेस्रो भए । पुरुष ५० मिटर ब्याकस्ट्रोकमा रेभान्त श्रेष्ठ पहिलो, प्रराम्त भण्डारी दोस्रो तथा युभन लाल श्रेष्ठ तेस्रो भए । पुरुष ५० मिटर बटरफ्लाइमा अनुभव सुब्बा पहिलो, रायन गुरुङ दोस्रो तथा एल्भिन महर्जन तेस्रो भए ।
पुरुष ५० मिटर फ्रिस्टाइलमा प्रराम्त भण्डारी पहिलो, सनिल कुमार थापा दोस्रो तथा रेभान्त श्रेष्ठ तेस्रो भए । पुरुष १ सय मिटरमा नासिर हुसैन पहिलो भए । पुरुष १ सय मिटर फ्रिस्टाइलमा संकर्ष रघुवंशी पहिलो, रायन गुरुङ दोस्रो र सेरेन सिंह तेस्रो भए ।
महिला ५० मिटर ब्याकस्ट्रोकमा आर्या महर्जन पहिलो, सस्तिका भण्डारी दोस्रो तथा राभ्य श्रेष्ठ तेस्रो भइन् । महिला ५० मिटर बटरफ्लाईमा रोशा न्यौपाने पहिलो, मेगन गुरुङ दोस्रो तथा युस्का महर्जन तेस्रो भइन् ।
महिला ५० मिटर फ्रिस्टाइलमा रोशा न्यौपाने पहिलो, सरासी खड्का दोस्रो तथा वैनभी श्रेष्ठ तेस्रो भइन् । महिला १ सय मिटर फ्रिस्टाइलमा डुवाना लामा पहिलो, अनुसिया तन्डुकार दोस्रो तथा रोयल प्रजापति तेस्रो भइन् ।
महिला ५० मिटर ब्रेस्टस्ट्रोकमा डुवाना लामा पहिलो, उपास्थी महर्जन दोस्रो तथा रोयल प्रजापति तेस्रो भइन् । महिला ५० मिटर फ्रिस्टाइलमा सस्तिका भण्डारी पहिलो, छारिया महर्जन दोस्रो तथा आयुक्ति थापा तेस्रो भइन् ।
महिला ५० मिटर फ्रि स्टाइलमा मेगन गुरुङ पहिलो, आर्य महर्जन दोस्रो तथा ओभिया श्रेष्ठ तेस्रो भइन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]