4 years ago
May 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघले चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुद र हंगेरीको बुढापेस्टमा हुने १९औं फिना विश्व पौडी च्याम्पियनसिपका लागि खेलाडी छनोट गरेको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बैशाख २२ र २३ गते भएको २४ औं खुला पौडी प्रतियोगिताबाट दुवै प्रतियोगिताका लागि खेलाडीको छनोट गरिएको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् ।
अध्यक्ष वज्राचार्यका अनुसार एसियाडका लागि ९–९ पुरुष-महिला गरी १८ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको हो । विश्व च्याम्पियनसिपका लागि १–१ पुरुष-महिला गरी २ खेलाडीको अन्तिम छनोट गरिएको छ ।
एसियाडका लागि पुरुषमा नासिर याहया हुसैन, शंकरसनाबहादुर रघुवंशी, तेन्जिन नाम्डोल रायन गुरुङ, एर्भिन श्रेष्ठ, अनुभव सुब्बा, एल्भिन महर्जन, सेरेन सिंह र निर्भय थापा रहेका छन् । महिलामा डुवाना लामा, अनुशिया तण्डुकार, रोयल प्रजापति, रोशा न्यौपाने, उपास्ती महर्जन, युस्का महर्जन, आर्या महर्जन र मेगन गुरुङ छन् ।

यि १६ खेलाडी २४ औं खुला पौडी प्रतियोगिताबाट छनोट भएका हुन् । ओलम्पिनद्वय एलेक्जन्डर गाडेगार्ड शाह र गौरिका सिंहलाई पनि प्रारम्भिक छनोटमा समावेश गरिएको छ । दुवैले टोकिया ओलम्पिक– २०२० मा प्रतिस्पर्धा गरेका थिए । विश्व च्याम्पियनसिपका लागि नासिर र डुवान छनोट भएका छन् ।
सबै खेलाडीको छनोट फिना अंक आधारमा गरिएको जनाइएको छ । विश्व च्याम्पियनसिप जुनमा हुँदैछ । एसियाड भदौ २५ देखि असोज ९ गतेसम्मलाई तय भएकोमा कोरोना भाइरसका कारण स्थगित भइसकेको छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]