default_image

4 years ago

May 11, 2022

प्रतिस्पर्धात्मक खेलमा सुष्माको हार

241 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको इस्तानबुलमा जारी आईवा वुमन वल्र्ड बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङले प्रतिस्पर्धात्मक खेलमा हार बेहोरेकी छिन् ।

४६ देखि ४८ तौल समुहमा सुष्मा मंगोलियन खेलाडी लान्चिव योनसँग स्पिलट डिसिजनमा पराजित हुन पुगेकी हुन् । सुष्माले शानदार रुपमा आत्मविश्वासका साथ फाईट खेलेपनि नतिजा भने आफ्नो पक्षमा पार्न सकिनन् । सुष्मालाई आफ्नो जित हुनेमा विश्वस्त रहेकी सुष्माले पहिलो राउण्डमा दोस्रोे र तेस्रो राउण्डको तुलनामा कम पञ्च प्रहार गर्दा डिसिजन ३ः२ को आधारमा मंगोलियाको पक्षमा गएको थियो ।

दोस्रो राउण्डमा उसले सुधार गरेपनि उसको लेफ्ट गार्ड खुल्ला र तल झरेका कारण मंगोलियन खेलाडीले त्यसको फाइदा उठाउन सफल भइन् । उसले पनि जवाफी प्रहारहरु निरन्तर रुपमा गरी रहदा र स्कोर निरन्तर गरिरहदा पनि बलियो गार्ड राखेर खेलेकी मंगोलिन खेलाडीकै पक्षमा कुवेत र क्यूवाको जजले अन्य जजहरुको तुलनामा निर्णय दिएको अवस्था थियो ।

तेस्रो राउण्डमा सुस्माको दोस्रो राउण्डको भन्दा पनि अग्रता नै बनाएको थियो । तर पनि क्यूवाको रेफ्रीले उचित निर्णय दिन नसक्दा खेल हार्नुपर्ने स्थिति आएको थियो ।

त्यसैगरी ५० देखि ५२ किलो तौल नेपालकी मिनु गुरुङले जापानका आर किनोशितासँग बुधबार प्रतिस्पर्धा गर्नेछिन् । यो तौल समुहमा २८ देशका बक्सरको सहभागिता रहेको छ ।

५४ देखि ५७ किलो तौल समुहमा चन्द्रकला थापाले बाई पाएर भारतीय खेलाडी मनिषासँग बुधबार खेल्ने तय गरेकी छिन् । ५७ देखि ६० किलो तौल समुहमा ३१ राष्ट्र रहँदा नेपाली पुनम रावलले प्रारम्भिक चरणमा बाई पाएकी छिन् । उनको प्रतिस्पर्धा ग्रिस र मोरक्कोविचको विजेतासँग १५ मेमा हुनेछ ।

च्याम्पियनसिपमा ७३ राष्ट्रका ३१० बक्सरको सहभागिता रहेको छ । च्याम्पियनसिपको विजेता, उपविजेता र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुले १ लाख अमेरिकी डलर, ५० हजार अमेरिकी डलर र २५ हजार अमेरिकन डलरका दरले २ जनाले प्राप्त गर्नेछन् ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.