4 years ago
May 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले दक्षिण एसियाली क्याडेट तथा जुनियर टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडीसहितको टोलीलाई सोमबार स्वागत गर्नुका साथै बधाइ दिएका छन् ।

त्रिपुरेश्वरस्थित राखेपको सभा कक्षामा आयोजित एक कार्यक्रमबीच सदस्य–सचिव घिसिङले टोलीलाई खादासहित मायाको चिनो प्रदान गर्दै आगामी दिनमा अझ सफलताका लागि शुभकामना दिए । कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले खेलाडीले आफ्नो कमजोरीलाई सुधार गर्दै आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ गर्विलो उपलब्धी हासिल गर्न अझ मिहिनेत गर्नु पर्नेमा जोड दिए ।
माल्दिभ्सको मालेमा बैशाख २६ देखि २८ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ रजत र २ कांस्य पदक जितेको थियो । नेपालबाट ४ पुरुष र ३ महिला गरी ७ खेलाडी सहभागी थिए । सबै पदक जित्न सफल भए ।
क्याडेट गल्र्स टिम इभेन्टमा इभाना थापा मगर, वियांका राई र शुभश्री श्रेष्ठले नेपाललाई रजत दिलाए । नेपालसहित ६ राष्ट्र सहभागी उक्त स्पर्धाको सेमिफाइनलमा नेपालले श्रीलंकालाई पराजित गर्दै भारतसंग स्वर्ण भिडन्त पक्का गरेको थियो । फाइनलमा भने भारत विजयी भयो ।
जुनियर ब्वाइज टिममा संयोग कपाली, रुविन महर्जन र प्रिन्स थापाले कांस्य जिते । क्याडेट ब्वाइज डबल्समा प्रिन्स थापा र उज्ज्वल मानन्धरको जोडीले कांस्य चुमे । राउन्ड रोविन लिगका आधारमा भएको दुवै स्पर्धामा नेपालसहित ५ राष्ट्रले भाग लिएका थिए । प्रिन्स बुटवलमा भएकाले कार्यक्रममा उपस्थित हुन सकेनन् ।
टोलीको नेतृत्व अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले गरे थिए भने व्यवस्थापमा टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य तथा प्रशिक्षकमा शंकर गौतम र मोहनदास बासुकला रहेका छन् । कम्पिटिसन म्यानेजरमा तेजेन्द्रसिंह महरा थिए । टोली बैशाख २९ गते स्वदेश फर्किएको हो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]