12 months ago
December 7, 2024
एजेन्सी – ४ ब्याटरको अर्धशतकको सहयोगमा इङ्ग्ल्यान्ड न्युजिल्यान्डविरुद्ध दोस्रो इनिङमा विशाल अग्रता तर्फ उन्मुख भएको छ ।
इङ्ग्ल्यान्डका ४ ब्याटरको अर्धशतकको सहयोगमा दोस्रो टेस्टकाे दोस्रो इनिङमा विशाल अग्रतातर्फ उन्मुख भएको छ । पहिलो इनिङमा १ सय ५५ रनको अग्रताका साथ दोस्रो इनिङको सुरुवात गरेको इङ्ग्ल्यान्डले दोस्रो दिनको समाप्तीमा ५ सय ३३ रनको अग्रता बनाएको छ ।
दोस्रो इनिङमा इङ्ग्ल्यान्डका लागि बेन डुकेट, जोकेब बेथहेल, ह्यारी ब्रुक अर्धशतक प्रहार गर्दै आउट भएका थिए । जो रुटले नट आउट ७३ रनमा क्रिजमा रहेका छन् । रुटका साथमा कप्तान बेन स्टोक्स ३५ रनमा क्रिजमा रहेका छन् । त्यसअघि बेथहेलले ९६, डुकेटले ९२ तथा ब्रुकले ५५ रन जोडेका थिए । न्युजिल्यान्डका टिम साउथी र म्याट हेनरीले समान २ तथा ग्लेन फिलिप्सले १ विकेट लिएका छन् ।
वेलिङ्गटनमा पहिलो इनिङमा न्युजिल्यान्डले १ सय २५ रन मात्र जोडेको थियो । न्युजिल्यान्डका लागि पहिलो इनिङमा केन विलियम्सन ३७, टम लाथम १७, डेभन कन्वे ११ र रचिन रविन्द्र ३ रनमा आउट भए । इंग्ल्यान्डका बायडन कास्र र गस एट्किन्सनले समान ४तथा कप्तान बेन स्टोक्स र क्रिस वोक्सले समान १ विकेट लिएका छन् ।
पहिलो इनिङमा युवा ब्याटर ह्यारी ब्रुकको शतकसँगै दोस्रो टेस्ट खेलमा इङ्ग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध मजबुत प्रदर्शन गरेको थियो । टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड २ सय ८० रनमा अल आउट भएको थियो । ह्यारी ब्रुकले १ सय १५ बलमा ११ चौका र ५ छक्कासहित १ सय २३ रन बनाएका थिए ।
यसअघि पहिलो खेलमा उनले न्युजिल्यान्डविरुद्ध १ सय ७१ रनको शतकीय इनिङ खेलेका थिए । उनलाई नाथन स्मिथले रन आउट गरेका थिए । जो रुट ३, ओली पोप ६६ र बेन स्टोक्स २ रनमा आउट भए ।
न्युजिल्यान्डका नाथन स्मिथले ४, विल ओरौरकले ३ र म्याट हेनरीले २ विकेट लिए । तीन खेलको टेस्टमा इङ्ग्ल्यान्ड १-० ले अघि छ । पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम टेस्ट १४ डिसेम्बरदेखि हामिल्टनमा सुरु हुनेछ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]