4 years ago
May 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर र काठमाडौं पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा गोलबल प्रतियोगितामा बुधबार पहिलो भएका छन् । ललितपुर पुरुष तथा काठमाडौं महिलामा पहिलो भएका हुन् ।

राष्ट्रिय दृष्टिविहीन खेलकुद संघको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा ललितपुरले भक्तपुरलाई १७–९ गोलले पराजित ग¥यो । काठमाडौं तेश्रो भयो ।
बागडोलस्थित काठमाडौं फुटसलमा भएको महिलाको उपाधि भिडन्तमा काठमाडौंले ललितपुरलाई ५–० गोलले हरायो । दुवै समूहका विजेता र उपविजेताले समान १०–१० हजार नगद पुरस्कार प्राप्त गरे । पुरुषमा तेश्रो भएको काठमाडौंले ५ हजार नगद पुरस्कार पायो ।
विजेतालाई राष्ट्रिय पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, दृष्टिविहीन कल्याण संघका महासचिव पवन घिमिरे, ललितपुर महानगरपालिका महिला विकास महाशाखाकी प्रमुख महेश्वरी विष्ट रावल, राष्ट्रिय दृष्टिविहीन खेलकुद संघका अध्यक्ष उपेन्द्र श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
पारा राष्ट्रिय खेलकुदमा विभिन्न १२ खेलको स्पर्धा समावेश गरिएको छ । जेठ १५ गतेसम्म बाँकी ११ खेलका प्रतिस्पर्धा सम्पन्न हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागकी प्रशासकीय अधिकृत दीपा बाँस्तोलाले जानकारी गराइन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]