4 years ago
May 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट स्कुलका आर्यन शाही र नेपाल प्रहरी स्कुलकी शुभश्री श्रेष्ठले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् ।

यु–१२ सिंगल्सको ब्वाइजमा आर्यन र गल्र्समा शुभश्री पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा आर्यनले न्यु होराइजनका सुविन थापालाई ११–५, ८–११, ११–७ र ११–९ को सेटमा पराजित गरे ।
आदर्श विद्या मन्दिर (एभीएम) का अतित गुरुङ र जेश्नु महर्जन तेश्रो भए । गल्र्सको स्वर्ण भिडन्तमा शुभश्रीले एभीएमकी अर्सना महर्जनलाई ११–३, ११–२ र ११–५ को सोझो सेटमा हराइन् । प्रोक्सिमा इन्टरनेसनल एकेडेमीकी प्रज्ञा भेले र एलटीटीसीकी सुरम्या शाक्य तेश्रो बने ।
स्पिन इभेन्ट्स प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको क्याडेट ब्वाइज सिंगल्समा सुनसरीका सिद्धार्थ तामाङ पहिलो भए । उनले फाइनलमा एभीएमका एलेन महर्जनको चुनौती ११–४, ७–११, ११–७, ८–११ र ११–६ ले पन्छाए ।
भानुभक्त स्कुलका उज्ज्वल मानन्धर र दरबार हाइ स्कुलका शंकर पहरीले तेश्रो स्थानमा चित्त बुझाए । उक्त स्पर्धाको गल्र्स फाइनलमा एपीएफकी इभाना थापा मगरले प्रभात इङलिस स्कुलकी प्रदिपा सुवाललाई ११–८, ११–३ र ११–४ को सोझो सेटमा पाखा लगाउदै शीर्ष स्थान कब्जा गरिन् ।
एपीएम क्लबकी योङगी पौडेल र नेपाल आर्मीकी सुस्मिता खड्का तेश्रो स्थानमा रहे । जुनियर ब्वाइजको सिंगल्समा एपीएफका रुविन महर्जन र मोरङका बोधित डिसीले फाइनल भिडन्त पक्का गरेका छन् ।
सो स्पर्धाको गल्र्समा एपीएफकी वियंका राई र आर्मीकी दिया देउलाले फाइनल खेल्ने छन् । विभिन्न ८ स्पर्धा समावेश प्रतियोगितामा ६ स्पर्धाको फाइनल सम्पन्न भएको छ । बाँकी २ स्पर्धाको फाइनल अन्तिम दिन सोमबार हुने छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]