4 years ago
May 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सुनसरीका बोधित डिसी र एपीएफकी वियंका राईले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । जुनियर सिंगल्सको ब्वाइजमा बोधित र गल्र्समा वियंका पहिलो भएका हुन् ।

स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा बोधितले एपीएफका रुविन महर्जनलाई ११–६, ११–९ र ११–६ को सोझो सेटमा पराजित गरे । एजीएका हिमाल विष्ट र नेपाल प्रहरीका गनन्जय दाहालले तेश्रो स्थानमा चित्त बुझाए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको गल्र्स फाइनलमा वियंकाले आर्मीकी दिया देउलालाई सीधा सेटमा ११–७, ११–३ र ११–६ ले हराइन् । आदर्श विद्या मन्दिर (एभीएम) की आश्मा पहरी र काठमाडौंकी इना डंगोल तेश्रो भए ।
प्रतियोगितामा भेट्रानसहित विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि भेट्रान पुरुष सिंगल्स ४० वर्षमाथि काठमाडौंका चन्दन शाही र ५० वर्षमाथि एलडीटीटीएका राजेन्द्र वज्राचार्य पहिलो भएका थिए । यु–१२ सिंगल्सको ब्वाइजमा एभरेष्टका आर्यन शाही र गल्र्समा प्रहरीकी शुभश्री श्रेष्ठ तथा क्याडेट सिंगल्सको ब्वाइजमा सुनसरीका सिद्धार्थ तामाङ र गल्र्समा एपीएफकी इभाना थापा मगरले पहिलो स्थान हात पारेका थिए ।
जुनियर सिंगल्समा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५÷५ हजार नगद पुरस्कार हात पारे । अन्य ६ स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय÷२ हजार ५ सय का दरले नगद पुरस्कार पाए ।
ब्वाइजमा गोड स्पिनका रिवान वज्राचार्य, ललितपुरका रिजन शाक्य र एमआईएसका विशाल थापा उदीयमान खेलाडी घोषित भए । गल्र्समा एएनएस १९८० की अंकिता वज्राचार्य, अरुणीकी इच्छा चापागाईं र माउन्ट भ्यालीकी आशिका कासिछ्वा उदीयमान खेलाडी बने ।
विजेतालाई काठमाडौं महानगरपाकिला वडा ७ का अध्यक्ष कुलबहादुर महर्जन, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्य, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, आयोजक स्पिनका अध्यक्ष सुमन शाक्य, टेबलटेनिसकी ८ पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ, टेबलटेनिसकै ६ पटकका राष्ट्रिय च्याम्पियन अमन चित्रकार, स्व. मिलन श्रेष्ठका परिवारलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा २ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेको स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा अमेरिका बस्ने श्रवण चिपालु रहेका छन् । स्व. मिलन श्रेष्ठ टेबलटेनिसका पूर्व खेलाडी हुन् । स्पिनकै आयोजनामा भदौमा दोश्रो राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुने सचिव ज्याकी महर्जनले जानकारी गराए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]