4 years ago
May 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का बिहीबार अस्ट्रियाको इन्सबक जाँदै छन् । अस्ट्रियन ओपन वल्र्ड ¥याङकिङ जि– २ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न खड्का त्यसतर्फ जान लागेका हुन् ।

उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाटै निर्णायकमा छनोट हुने खड्का एक्लो हुन् । प्रतियोगिता मे २८ देखि २९ तारिखसम्म हुने छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले खड्कालाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य–सचिव घिसिङले खेलाडीका साथै नेपाली निर्णायकहरुले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाउनु राम्रो पक्ष भएको धारणा व्यक्त गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]