default_image

3 years ago

May 29, 2022

कामनाको पुलिससँग उषाको टोलीको हार

226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टसम्मिलित पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा अर्काे जित निकालेको छ ।

माल्दिभ्सको मालेमा शनिबार राति भएको खेलमा कामना सम्मिलित पुलिसले नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारीसम्मिलित दिबेही सिफान्जी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

पुलिसले पहिलो सेट २५–१५ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा एक समय २३–१८ को मजवुत स्थितिमा रहेपनि पुलिस २३–२४ ले पछि परेको थियो । तर पुलिसले पुनरागमन गर्दै दोस्रो सेट ३१–२९ ले जित्न सफल भयो । तेस्रो सेटमा सुरुवातमा प्रतिस्पर्धात्मक रहेपनि पुलिसले २५–१९ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो ।

कामना र उषाले घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट व्यवसायिक खेल खेल्ने गर्छन् । कामना र उषाको यो पहिलोपटक विदेशी लिग खेल हो । लिगमा १० टोलीको सहभागिता रहेको छ ।

यसअघि नेपालबाट माल्दिभ्सको उक्त लिगमा राष्ट्रिय टोलीकी पुर्व उपकप्तान मन्जु गुरुङ, कोपिला उप्रेती, निमा श्रेष्ठ, राष्ट्रिय टोलीकी सदस्य प्रतिभा माली, सरस्वती चौधरी र अरुणा शाहीले खेलिसकेकी छिन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.