4 years ago
June 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टको उच्च प्रदर्शनमा पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा लगातार तेस्रो जित निकालेको छ ।

माल्दिभ्सको मालेमा मंगलबार राति भएको खेलमा पुलिसले क्लब हाफ लाइन लिंकेजलाई ३–१ को सेटमा पराजित गर्दै लगातार तेस्रो जित आत्मसात गरेको हो ।
पहिलो सेट २५–८ र दोस्रो सेट २५–३ ले सहजै आफ्नो पक्षमा पारेको पुलिस क्लबले तेस्रो सेट २३–२५ ले गुमाएको थियो । तर, त्यसपछि पुलिसले चौथो सेट पुनः २५–३ ले आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो ।
क्लब हाफ लाइन लिंकेजविरुद्ध उच्च प्रदर्शन गरेकी कामना विष्ट प्लेयर अफ दि म्याच घोषित भइन् । लिगमा १० टोलीको सहभागिता रहेको छ ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]