4 years ago
June 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले नेदरल्यान्ड्समा प्रशिक्षण शुरु गरेकी छिन् ।

नेपाल भलिबल संघको पहल र नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा उनी चार साता प्रशिक्षणका लागि उनी सोमबार त्यसतर्फ प्रस्थान थिइन् । उनले झन्डै ३५ दिनको प्रशिक्षण नेसनल ट्रेनिङ सेन्टर पापेन्डलमा क्लब सुडोसा डेस्टोबाट लिनेछिन् । कप्तान अरुणाले त्यहाँ आफ्नै पोजिसन सेटरकै प्रशिक्षण लिनेछिन् ।
स्पाइकरको भुमिकामा भलिबलको सुरुवात गरेकी अरुणाले आफ्नो पोजिसन परिवर्तन गर्दै पछिल्लो समय सेटर रहेकी अरुणा नेपाली महिला टोलीकी सर्वाधिक सफल कप्तान हुन् ।
उनको नेतृत्वमा नेपालले लगातार दुई पटक एभिसी एसियन सेन्ट्रल जोनमा च्याम्पियन तथा सन् २०१९ मै स्वदेशमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले रजत पदक जितेको थियो । साग इतिहासमा नेपाल फाइनल पुगेको त्यो पहिलो अवसर थियो । त्यसअघि नेपालले सागमा तीन पटक कास्य पदक जितेको थियो ।

सन् २०१९ मा नियमित कप्तान विनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङ प्रारम्भिक चरणमै नपरेपछि नेपाल भलिबल संघले अरुणालाई कप्तानको जिम्मेवारी प्रदान गरेको थियो । उनको कप्तानी नेपालले तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा दुईमा स्वर्ण र एकमा रजत पदक जित्न सफल भएको छ ।
यसअघि नेपाली महिला भलिबल टोलीले कास्यपदकभन्दा माथि जित्न सकेको थिएन । पाँच वर्षअघि राष्ट्रिय टोलीकी सदस्य प्रतिभा मालीले पनि नेदरल्यान्ड्समा प्रशिक्षण लिएकी थिइन् । नेदरल्यान्ड्स भलिबल संघका प्रबन्धक पिटर भान तरेल नेपाल भलिबल संघ निकट रहेर काम गर्दै आएका छन् ।
राष्ट्रिय टोलीकै महत्वपुर्ण सदस्य सरस्वती चौधरीले पनि यसअघि जापानमा प्रशिक्षणको अनुभव बटुलिसकेकी छिन् । अरुणाले घरेलु भलिबलमा सुरुवातमा पोखराको ज्ञानुबाबा, त्यसपछि पश्चिमाञ्चल हुँदै न्यु डायमन्ड र पछिल्लोपटक बुटवलको एभरेस्ट क्लबबाट खेलेकी छिन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]