3 years ago
June 8, 2022
एजेन्सी – बिहीबार देखि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग हुने तीन टि२० आई खेलमा विकेटकिपर ऋषभ पन्तले भारतको कप्तानी गर्ने भएका छन् । यसअघि घोषणा गरेका कप्तान लोकेश राहुल घाइते भएपछि भारतले पन्तलाई कप्तानको जिम्मेवारी दिएको छ ।

राहुल दायाँ खुट्टाको ग्रोइनको चोटका कारण बाहिरिएको बिसिसिआईले जनाएको छ । त्यस्तै स्पिनर कुलदीप यादवले पनि सिरिज गुमाउने भएका छन् । अभ्यासको क्रममा नेटमा ब्याटले लागेपछि कुलदीपले सिरिज गुमाउने भएका हुन् । भारतले यी दुबै खेलाडीको स्थानमा अन्य खेलाडी भने घोषणा गरेको छैन ।
आइपिएलमा कमजोर प्रदर्शन पछि नियमित कप्तान रोहित शर्मालाई भारतले विश्राम दिएको थियो । भारतले विराट कोहली, जस्प्रित बुमराह र रोहित शर्मा गरि प्रमुख तीन खेलाडीलाई विश्राम दिएको छ । त्यस्तै भारतले अलराउन्डर हार्दिक पान्ड्यालाई उपकप्तानको जिम्मेवारी दिएको छ ।
यसै सिजनमा हार्दिकको कप्तानीमा गुजरात टाइटन्सले आइपिएलको उपाधि जितेको थियो । राहुल र रोहित दुबै नहुँदा भारतको ओपनिङ ऋतुराज गायकवाड र ईशान किशनले गर्नेछन् । भारत र दक्षिण अफ्रिकाबीच पाँच टि२० आई खेल हुनेछ । पहिलो टि२० आई बिहीबार, दोस्रो आइतबार, तेस्रो मंगलबार, चौथो शुक्रबार र पाँचौं आइतबार हुनेछ ।
भारतको टि२० टोली :
ऋषभ पन्त (कप्तान), हार्दिक पान्ड्या, ऋतुराज गायकवाड, ईशान किशन, दीपक हुडा, श्रेयस ऐर, दीनेश कार्तिक (विकेटकिपर), वेंकटेश ऐर, युजभेन्द्र चहल, अक्षर पटेल, रवि विश्रोई, भुवनेश्वर कुमार, हर्षल पटेल, आवेश खान, अर्शदीप सिंह र उमरान मलिक ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]