default_image

2 years ago

June 8, 2022

पन्तले भारतको कप्तानी गर्ने

एजेन्सी – बिहीबार देखि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग हुने तीन टि२० आई खेलमा विकेटकिपर ऋषभ पन्तले भारतको कप्तानी गर्ने भएका छन् । यसअघि घोषणा गरेका कप्तान लोकेश राहुल घाइते भएपछि भारतले पन्तलाई कप्तानको जिम्मेवारी दिएको छ । राहुल दायाँ खुट्टाको ग्रोइनको चोटका कारण बाहिरिएको बिसिसिआईले जनाएको छ । त्यस्तै स्पिनर कुलदीप यादवले पनि सिरिज गुमाउने […]

82 views

0 Bookmark

एजेन्सी – बिहीबार देखि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग हुने तीन टि२० आई खेलमा विकेटकिपर ऋषभ पन्तले भारतको कप्तानी गर्ने भएका छन् । यसअघि घोषणा गरेका कप्तान लोकेश राहुल घाइते भएपछि भारतले पन्तलाई कप्तानको जिम्मेवारी दिएको छ ।

राहुल दायाँ खुट्टाको ग्रोइनको चोटका कारण बाहिरिएको बिसिसिआईले जनाएको छ । त्यस्तै स्पिनर कुलदीप यादवले पनि सिरिज गुमाउने भएका छन् । अभ्यासको क्रममा नेटमा ब्याटले लागेपछि कुलदीपले सिरिज गुमाउने भएका हुन् । भारतले यी दुबै खेलाडीको स्थानमा अन्य खेलाडी भने घोषणा गरेको छैन ।

आइपिएलमा कमजोर प्रदर्शन पछि नियमित कप्तान रोहित शर्मालाई भारतले विश्राम दिएको थियो । भारतले विराट कोहली, जस्प्रित बुमराह र रोहित शर्मा गरि प्रमुख तीन खेलाडीलाई विश्राम दिएको छ । त्यस्तै भारतले अलराउन्डर हार्दिक पान्ड्यालाई उपकप्तानको जिम्मेवारी दिएको छ ।

यसै सिजनमा हार्दिकको कप्तानीमा गुजरात टाइटन्सले आइपिएलको उपाधि जितेको थियो । राहुल र रोहित दुबै नहुँदा भारतको ओपनिङ ऋतुराज गायकवाड र ईशान किशनले गर्नेछन् । भारत र दक्षिण अफ्रिकाबीच पाँच टि२० आई खेल हुनेछ । पहिलो टि२० आई बिहीबार, दोस्रो आइतबार, तेस्रो मंगलबार, चौथो शुक्रबार र पाँचौं आइतबार हुनेछ ।

भारतको टि२० टोली :

ऋषभ पन्त (कप्तान), हार्दिक पान्ड्या, ऋतुराज गायकवाड, ईशान किशन, दीपक हुडा, श्रेयस ऐर, दीनेश कार्तिक (विकेटकिपर), वेंकटेश ऐर, युजभेन्द्र चहल, अक्षर पटेल, रवि विश्रोई, भुवनेश्वर कुमार, हर्षल पटेल, आवेश खान, अर्शदीप सिंह र उमरान मलिक ।

April 27, 2024

लिभरपुलको वेस्ट ह्यामविरुद्ध बराबरी

एजेन्सी – इंग्लिश प्रिमियर लिग उपाधि दावेदार मानिएको लिभरपुल लाई उपाधि आकांक्षामा अर्को धक्का लागेको छ । पछिल्लो समय खराब लयमा रहेको लिभरपुल आज भएको खेलमा वेस्ट ह्याम विरुद्ध २-२ को बराबरीमा रोकिएको हो । पछि परेको अवस्था उल्ट्याउँदै अग्रता लिएको लिभरपुल अन्तिममा भने बराबरीमा रोकियो । ४३औं मिनेटमा जेरड बावेनले मोहम्मद कुडुसको क्रसमा हेडर […]

April 27, 2024

राष्ट्रिय महिला भलिबलमा निरुता सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्ना सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् । एपिएफलाई अपराजित रहेर च्याम्पियन बनाउन निरुताले सबै खेलमा सानदार प्रदर्शन गरेकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै निरुताले ५० हजार रुपैयाँसँगै ट्रफी प्राप्त गरेकी छिन् । व्यक्तिगत विधामा पनि च्याम्पियन एपिएफकै खेलाडीको वर्चश्व […]

April 27, 2024

पुलिसलाई हराउँदै एपिएफ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ समग्रमा छैटौंपल्ट च्याम्पियन बनेको हो । वर्ष २०८१ मा एपिएफको यो पहिलो उपाधि हो । एपिएफले गत वर्ष २०८० […]

Success

Thank you for your time.