3 years ago
June 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ बाग्मती प्रदेशले ४२ औं ब्ल्याकवेल्ट ग्रेडिङमा उत्तीर्ण हुन सफललाई शनिबार प्रमाण पत्र प्रदान गरेको छ ।

प्रदेशले दोश्रोबाट तेश्रो डानमा पदोन्नती भएका ५२ जनालाई नख्खुमा आयोजित दीक्षान्त समारोहमा प्रमाण पत्र प्रदान गरेको हो । सहभागी ५२ मध्ये सबै तेश्रो डानमा पदोन्नती भएका हुन् । ग्रेडिङमा बाग्मती प्रदेशका १३ जिल्लाबाटै सहभागी थिए ।
सहभागीलाई उज्ज्वल श्रेष्ठको सहयोगमा पाँचौं डान रामचन्द्र ब्यञ्जनकारले प्रशिक्षण दिएका थिए भने छैटौं डान राजेश प्रजापतिले परीक्षा लिएका थिए ।
नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ, नेपाल तेक्वान्दो संघ बाग्मती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले प्रमाण पत्र प्रदान गरे । सोही अवसरमा तेक्वान्दोको विकास र विस्तारमा सहयोग पु¥याएका नवनिर्वाचित मेयर र वडा अध्यक्षलाई सम्मान गरिएको थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]