3 years ago
June 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – स्वस्तिश्री गुरुकुल आई वि वल्ड स्कुलमा अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा १० दिनसम्म विभिन्न खेलहरु आयोजना हुने भएको छ ।

ओलम्पिक डेको अवसरमा १० दिनसम्म हुने खेलकुद कार्यक्रमको नेपाल ओलम्पिक कमिटी अन्तर्गत (स्पोर्टस् फर अल कमिसन) का संयोजक विष्णु गोपाल श्रेष्ठले उद्घाटन गरे ।
संयोजक श्रेष्ठले ओलम्पिकको स्थापना र यसको महत्वमाथि प्रकाश पार्दै नेपाली खेलकुदको क्षेत्र र खेलाडीको भविष्य उज्जल रहेको बताउादै विद्यालयका सम्पूर्ण वालवालिकाहरुलाई खेलकुदमा भाग लिन आग्रह गरे ।
संयोजक श्रेष्ठले स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेलाडीको आवश्यक रहनेमा जोड दिए । उनले कार्यक्रमको उद्घाटन गर्दै फुटबल खेलका लागि फुटबल हस्तान्तरण गरे ।

विद्यालयमा जेठ ३० गतेदेखि असार ८ गतेसम्म फुटबल, बास्केटवल, स्केटिङ, टेवल टेनिस, तेक्वान्दो, पौडी र कराँतेलगायतका खेलहरु हुने विद्यालयका ईसिए कोअर्डिनेटर राकेश कुमार राईले जानकारी दिए ।
विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सञ्चालन गरिने सबै खालका खेलका लागि आफ्नो विद्यालयको पूर्वाधार सक्षम रहेको बताए ।
कार्यक्रममा विद्यालयकी प्रबन्ध निर्देशक मीना महर्जन, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङसँगै विद्यालयका सहायक प्राचार्य सुमन लामा र विद्यालयका सञ्चार निर्देशक चिराग वाङ्देलको उपस्थिति रहेको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]