3 years ago
June 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जैशिदेवल तेक्वान्दो डोजाङका खेलाडीहरुले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।

सो प्रतियोगता असार १७ देखि १९ गतेसम्म हुने छ । जैशिदेवल युथ क्लबद्वारा सञ्चालित जैशिदेवल तेक्वान्दो डोजाङले मङगलबार सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने ११ खेलाडीसहित १४ जनाको टिमलाई शुभकामनासहित विदाइ ग¥यो ।
नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य तथा काठमाडौँ जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकी, जैशिदेवल युथ क्लबका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक राजेश प्रजापतिलगायत अन्य पदाधिकारीले सो टिमलाई शुभकामनासहित विदाई गरे । नेपाली टिम मङ्गलबार नै भारतको असाम प्रस्थान गर्ने छ ।
सो प्रतियोगितामा जुनियरतर्फ सुरेश हाङ लिम्बु, राहुल लिम्बु, राजीव गुरुङ, सन्देश राई, रोजन प्रजापति, झरना थापा मगर, आस्ना राना मगर, सोनी बानियाँ तथा क्याडेड इभेन्टमा समर लामा, मुबिक्क्षा गजुरेल र समर्थध्वज जोशीले प्रतस्पर्धा गर्नेछन् । प्रशिक्षमा अन्जित राई, टिम व्यवस्थापकमा रमेश प्रजापति र अफिसयलमा भरत कारञ्जित रहेका छन् ।
अध्यक्ष प्रजापतिले भारतमा खेल्ने टिमको सम्पूर्ण खर्च जैशिदेवल युथ क्लबले नै वेहोरेको जानकारी गराए । उनले प्रतियोगितामा खेल्न दुई लाखभन्दा बढी रुपैयाँ लाग्ने जानकारी दिए । खेलाडी विदाइ कार्यक्रममा ग्रेडिङ पाउने आप्mना खेलाडीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]