3 years ago
June 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कालिका र कुवरवर्ती स्कुलले राष्ट्रव्यापी खेलकुदअन्तर्गत खुला प्लस २ कलेजस्तरीय नकआउट भलिबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् ।

कालिका ब्वाइज तथा कुवरवर्ती गल्र्समा पहिलो बने । बुटवलस्थित सिद्देश्वर लालकुमारी माविमा भएको फाइनलमा कालिकाले उजुरसिंह माविलाई २–१ को सेटमा पराजित ग¥यो । दीप बोर्डिङ स्कुल तेश्रो तथा कुवरवर्ती चौथो भए ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय भलिबल विभागद्वारा आयोजित प्रतियोगिताको गल्र्सको उपाधि भिडन्तमा कुवरवर्तीले न्यु होराइजनलाई २–१ ले हरायो । सूर्योदय र कान्ति माविले तेश्रो स्थानमा चित्त बुझाए ।
दुवै समूहमा शीर्ष चार स्थान हात पार्नेले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । विजेतालाई बुटवल उपमहानगरपालिकाकी पूर्व उप मेयर गोमादेवी आचार्य, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]