3 years ago
June 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको कार्यकारी समिति बैठकका लागि इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको नेपालबाट निर्वाचित कार्यसमिति सदस्य राजकुमार कार्की मोरोक्को राजधानी रबाट प्रस्थान गरेका छन् ।

उनलाई नेपाल स्कूल फेडेरेसनका संस्थापक अध्यक्ष प्रदिप जोशी र उपाध्यक्ष मोहनकुमार कार्कीले बिदाई गरे । उनले यसै बैठकमा २०२२–२०२६ का लागि इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको टेक्निकल कमिसनको अध्यक्षका लागि समेत आवेदन दिएका छन् । विगतमा उनी २०१८ –२०२२ को इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको टेकनिकल कमिसनको संयोजकको रुपमा काम गरिसकेका छन् ।
इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको फ्रान्समा भएको साधारणसभा बाट नेपालको प्रतिनिधित्व गर्दै राजकुमार कार्की कार्यकारी समितिको सदस्यमा गत जेठमा निर्वाचित भएका थिए । इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनले १८ बर्से सम्मको सम्पूर्ण खेलको सबै स्तरको खेलकुदको आयोजना गर्छ ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]