default_image

3 years ago

June 29, 2022

काठमाडौं महानगरपालिका च्याम्पियन

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका ११ औं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा बुधबार टिम च्याम्पियन बनेको छ ।

विभिन्न ६ खेल समावेश खेलकुदमा काठमाडौं १४ स्वर्ण, १० रजत र १४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो ।काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा १० स्वर्ण, ११ रजत र ११ कांसयसहित गोकर्णेश्वर नगरपालिका दोश्रो भयो । तेश्रो स्थानको चन्द्रागिरी नगरपालिकाले १० स्वर्ण, १० रजत १८ कांस्य जित्यो ।

बूढानीलकण्ठ नगरपालिका ७ स्वर्ण, ७ रजत र ६ कांस्य, शंखरापुर नगरपालिका ६ स्वर्ण, ५ रजत र ४ कांस्य, नागर्जुन नगरपालिका ३ स्वर्ण, ३ रजत र ४ कांस्य तथा तार्केश्वर नगरपालिका १ स्वर्ण र १ रजत जित्दै क्रमशः चौथोदेखि सातौं स्थानमा रहे ।

विजेतालाई काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति, आयोजक समितिकी कार्यालय प्रमुख ज्योति राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो र उसुमा प्रतिस्पर्धा भएको थियो ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.