default_image

3 years ago

June 30, 2022

एपिएफलाई हराउँदै पुलिस अपराजित

288 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल एपिएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा अपराजित रहँदै फाइनलमा प्रवेश गरेका छन् ।

कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा बिहीबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस अपराजित रहन सफल भएको हो । राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका खेलाडीविना मैदान उत्रिएको दुवै टोलीको खेल रोमाञ्चक बन्दा पुलिसले बाजी मार्न सफल भयो ।

पहिलो सेटमा २५–१८ को सोझो सेटमा जित निकालेको पुलिसले दोस्रो सेट १४–२५ ले गुमाउन पुगेको थियो । त्यसपछिको दुवै सेट पुलिसले २५–१७ र २५–२० ले जित्न सफल भयो ।

अपराजित रहेको पुलिसले ३ खेलबाट ९ अंक जोड्यो । पुलिससँग हार भोगेपनि एपिएफ राउन्ड रोविन लिगमा दोस्रो हुँदै फाइनलमा पुग्न सफल भयो । एपिएफले ३ खेलबाट ६ अंक जोड्यो । अब शनिबार उपाधिका लागि पुलिस र एपिएफबीच नै प्रतिस्पर्धा हुनेछ ।

त्यसअघि बिहीबारै आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबले परोपकार आदर्श माध्यमिक विद्यालयलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिातमा पहिलो जित दर्ता गरेको छ । डायमन्डले परोपकारमाथि २५–२२, २५–१० र २५–१४ को सोझो सेटमा जित निकाल्यो । जितपछि डायमन्डले ३ खेलबाट ३ अक जोडेको छ । परोपकार भने अंकविहीन बन्दै पुछारमा रह्यो । अब डायमन्ड र परोपकारबीच नै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।

प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा आयोजक न्यु डायमन्डसँगै पुलिस, एपिएफ र परोपकारको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन्् । दोस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन् । तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र तथा चौथो हुनेले ७५ हजार रुपैया र प्रमाणपत्र गर्नेछन् ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । अन्य विधागत उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैया, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य उद्देश्य न्यू डायमन्ड स्पोर्ट्स क्लबको आफ्नै भलिबल कोर्ट निर्माण सहयोगार्थ रहेकाले पुरस्कार बापतको २० प्रतिशत दिनुपर्नेछ ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.