3 years ago
July 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभाग अन्तरगत कार्यरत नायव वरिष्ठ भलिबल प्रशिक्षक जयन्द्र बहादुर चन्दलाई मंगलबार बिदाई गरिएको छ ।

विभागका निर्देशक अर्जुन बिकले मायाको चिनोले सम्मान गर्दै बिदाई गरेका हुन् । चन्दलाई पूर्व निर्देशक एवं बरिष्ठ भलिबल प्रशिक्षक हरिहर श्रेष्ठले सम्मान पत्र प्रदान गरेका थिए । सो अवसरमा अर्का पूर्व निर्देंशक पार्थ सारथी सेन गुप्ताको पनि उपस्थिति रहेको थियो ।
बि.सं. २०५२ आश्विन १ गते राष्ट्रिय खेलकुद परिषदमा भलिबल सहायक प्रशिक्षकको रुपमा सेवामा प्रवेश गरेका चन्दले उमेर हदका कारण अनिवार्य अवकास प्राप्त गरेका हुन् ।
चन्दलाई सम्मानसहित बिदाई गर्दै निर्देशक बिकले लामो समय एकै ठाउँमा कार्य गर्दा सेवाका सिलसिलमा कहिले काँही तिता मिठा कुरा भए त्यसलाई मनमा नलिन भन्दै अवकास प्राप्त गर्दै गरेका चन्दको अनुभवलाई आगामी दिनमा पनि खेलकुदको विकास र विस्तारमा प्रयोग गर्ने बताए ।
यस्तै अवकास प्राप्त गर्दै गरेका चन्दले सेवाका सिलसिलमा भएका गल्ती कमजोरीलाई अन्तरमनमा नलिन भन्दै खेलकुदको विकास र विस्तारमा आफु सदा लाग्ने बताए । बिदाई कार्यक्रममा विभाग अन्तरगतका उपनिर्देशक, प्रशिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]